- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पाकिस्तानमा एक रेलमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । लियाकतपुर निजक तेजगाम रेलमा लागेको आगलागीबाट ३० भन्दा बढी घाइते भएका छन् ।
रेलका तीन वटा डब्बामा आगो लागेर उक्त दुर्घटना भएको रहिम यार खान जिल्ला पुलिस अफिसर अमीर तैमुर खानले बताए ।
मृत्यु हुनेमा महिला र बालबालिका धेरै छन् । सिलिण्डर विष्फोट भएर उक्त दुर्घटना भएको बताइएको छ । धेरै जसोले रेलबाट हामफालेर ज्यान जोगाएको रेल मन्त्री शेख रशिदले बताएका छन् ।
ती तीन डब्बा इकोनोमी क्लासका थिए । यो घटनाप्रति पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुःख व्यक्त गरेका छन् । उनले घाइतेहरुको उपचारमा कुनै कमी नगर्न निर्देशन दिएका छन् । मृतकका परिवारप्रति खानले समवेदना प्रकट गरेका छन् ।