arrow

गलकोटमा ४जी सेवा सञ्चालन 

logo
थम्मन थापा,
प्रकाशित २०७६ कार्तिक १४ बिहिबार
nepal-telecom-4G.jpg

बागलुङ। नेपाल टेलिकमले गलकोट नगरपालिका-२ थानामा रहेको नमस्ते मोवाईल टावरमा चौंथो पुस्ताको फोर जी सेवा सञ्चालनमा ल्याएको छ। ग्रामिण क्षेत्रका जनतालाई सर्भ सुलभ मोवाईल डाटा ईन्टरनेट सुविधा उपलब्ध गराउने उद्येश्यले फोर जी सेवा सञ्चालनमा ल्याईएको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए।

फोर जी सेवा सञ्चालन भएपछि ग्रामीण क्षेत्रका नमस्ते मोवाईल प्रयोगकर्ताले उच्च गतिको अत्याधुनिक प्रविधीको मोवाईल डाटा मार्फत ईन्टरनेट चलाउन सक्ने छन्। अब क्रमश हटिया बजार हरिचौर बजार, मल्म, दुदिलाभाटी, काँडेबास, पाण्डवखानी, ताराखोला, बडिगाड, ढोरपाटन, निसी र तमानखोला गाउँपालिकामा समेत विस्तार गर्ने तयारी भईरहेको शर्माले बताए।

फोर जी सेवा सुरु भएपछि टेलिकमका उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन पाउनेछन्। फोर जीलाई मोबाइल ब्रोडब्याण्ड (उच्च गतिको इन्टरनेटसहितको मोबाइल) सेवा मानिन्छ। फोर जी थ्रिजीभन्दा उच्च क्षमतायुक्त र तीव्र गतिको इन्टरनेट प्रविधि हो।

इञ्जिनीयर शर्माका अनुसार इन्टरनेटको गति प्रतिसेकेन्ड एक सय मेगाबिट्स (एमबिपिएस) भन्दा माथि हुन्छ। ग्राहकले गुणस्तरयुक्त फोर जी सेवाका लागि खर्च भने केही बढी गर्नुपर्नेछ। उच्च गतिको इन्टरनेट हुने भएकाले फोरजी प्रयोगकर्ताले अहिलेभन्दा सजिलो गरी भिडियो कल र च्याट गर्न सक्नेछन्। 

फोर जी प्रविधिले मोबाइलमै थ्रिडी भिडियो समेत हेर्ने सुविधा दिने बताइएको छ। फोर जी सेवाले ‘डिजिटल नेपालको लक्ष्यलाई पनि सघाउने इञ्जिनीयर शर्माको भनाई छ। भौगोलिक जटिलताका कारण सबै ठाउँमा फाइवर पुर्‍याउन कठिन छ,’ उनले भने ‘ग्रामीण क्षेत्रमा ब्रोडब्याण्ड (ताररहित) इन्टरनेट चलाउन फोर जी उपयोगी छ।’

फोर जी राउटरबाट कम्युटर लगायतका अन्य उपकरणमा पनि इन्टरनेट सञ्चालन गर्न सकिनेछ। ग्रामीण भेगमा ८०० मेगाहर्जमा फोर जी चल्ने हुँदा सिग्नल कभरेज (पहुँच) पनि बढी ठाउँमा पुग्ने टेलिकमले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ