बारामा घुसको रकम सहित प्रहरी नायब निरीक्षक जटाशंकर पक्राउ
मुकेश यादव,
प्रकाशित २०७६ कार्तिक १४ बिहिबार
634
Shares
बारा। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले घुसको रकम सहित बाराबाट एक जना नेपाल प्रहरीका सईलाई रंगेहात पक्राउ गरेको छ ।
अख्तियारको टोलीले गन्जभवानीपुर प्रहरी चौकिका प्रहरी नायब निरीक्षक (सई) जटाशंकर प्रसाद कल्वारलाई बिहिबार मध्यान्ह पौने १२ बजे ६० हजार घुसको रकम सहित रंगेहात पक्राउ गरेको हो ।
अख्तियार हेटौंडाका प्रहरी नायब निरीक्षक केशव भट्टराईको नेतृत्वमा रहेको टोलीले सई कल्वारलाई घुसको रकम सहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले जनाएको छ ।
भारतबाट अवैध रुपमा नेपालमा मालसमान ल्याउनको लागि तस्करीको लाईन खुलाउनको लागि एक तस्करसंग घुस लिंदै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
घुसको रकम सहित पक्राउ परेका सई कल्वारलाई नियन्त्रणमा लिएर हेटौंडा ल्याइएको अख्तियारले जनाएको छ ।