यस्तो बन्यो काराबाओ कप फुटबलको क्वार्टरफाइनल समीकरण
प्रकाशित २०७६ कार्तिक १५ शुक्रबार
1.8k
Shares
काठमाडौं । इंगलिश फुटबल काराबाओ कपको क्वार्टरफाइनल समीकरण तयार भएको छ । बिहीबार इंगलिश फुटबल एसोसिएसनले सार्वजनिक गरेको ‘ड्र’ अनुसार शीर्ष डिभिजन क्लबहरुलाई लाई सहज प्रतिद्वन्दी परेको छ ।
प्रिमियर लिग लिडर लिभरपुलले क्वार्टरफाइनलमा एस्टन भिल्लालाई प्रतिद्वन्दी पाएको हो । त्यसैगरी डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले लिग वान क्लब अक्स्फोर्ड युनाइटेडलाई प्रतिद्वन्दी पाएको छ ।