arrow

यस्तो बन्यो काराबाओ कप फुटबलको क्वार्टरफाइनल समीकरण 

logo
प्रकाशित २०७६ कार्तिक १५ शुक्रबार
liverpool28.jpg

काठमाडौं । इंगलिश फुटबल काराबाओ कपको क्वार्टरफाइनल समीकरण तयार भएको छ । बिहीबार इंगलिश फुटबल एसोसिएसनले सार्वजनिक गरेको ‘ड्र’ अनुसार शीर्ष डिभिजन क्लबहरुलाई लाई सहज प्रतिद्वन्दी परेको छ ।

प्रिमियर लिग लिडर लिभरपुलले क्वार्टरफाइनलमा एस्टन भिल्लालाई प्रतिद्वन्दी पाएको हो । त्यसैगरी डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले लिग वान क्लब अक्स्फोर्ड युनाइटेडलाई प्रतिद्वन्दी पाएको छ ।

म्यानचेस्टर युनाइटेडले कोल्चेस्टर युनाइटेडलाई प्रतिद्वन्दी पाउँदा एभर्टन र लेष्टर सिटी आपसमा प्रतिस्पर्धा गर्नेछन् ।

क्वार्टरफाइनलका खेलहरु आगामी डिसेम्बर १७ तारिख राति १ः३० बजे एकै समयमा हुनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ