arrow

बग्दादीले अन्तिममा आफूलाई विष्फोट गराएर मारे, कुरासी बने आइएसको नयाँ नेता 

logo
प्रकाशित २०७६ कार्तिक १५ शुक्रबार
baghdadi.jpeg

काठमाडौं । आतंकवादी समूह इस्लामिक स्टेट (आइएस) ले आफ्ना नेता अबु बकर अल बग्दादी मारिएको पुष्टि गरेको छ । बिहीबार अडियो सार्वजनिक गर्दै आइएसले बग्दादी मारिएको पुष्टि गरेको हो । 

बग्दादीको मृत्यु भएसँगै आइएसले अबु इब्राहिम अल हासेमी अल कुरासीलाई नयाँ नेता चयन गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । 

सिरियामा अमेरिकी सेनाको विशेष फौजले कारबाही गरेपछि शनिबार अल बग्दादीले आत्मघाती विस्फोट गराएर आफ्नो ज्यान आफै लिएको बीबीसीले लेखेको छ । 

अर्को एक छुट्टै कारबाहीमा आइएसका प्रवक्ता अबु अल हसन अल मुजाहिर पनि मारिएको पुष्टि आइएसले गरेको छ । 

बग्दादीको मृत्युको विषयलाई लिएर अमेरिकामा विवाद बढेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रक्षा विभाग पेन्टागनको भनाई नै फरक परक आएको थियो । 

ट्रम्पले मृत्युको समयमा बग्दादी रोएर ज्यानको भिख मागेको प्रसंग जोडेका थिए भने पेन्टागनले यस्तो जानकारी नभएको बताएको थियो । 

ट्रम्पले गत आइतबार नै बग्गादी मारिएको जानकारी दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ