arrow

गरिमा धानले किसान डुबाएको बारेमा कृषि समितिमा छलफल

logo
प्रकाशित २०७६ कार्तिक १५ शुक्रबार
garima-dhan.jpg

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिध सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक शुक्रबार बस्दैछ । बिहान ११ बजे समिति कक्ष सिंहदरबारमा बस्ने बैठकमा गरिमा धानको बीउमा दाना नलागेको विषयमा छलफल हुने भएको छ । 

गरिमा जातको धानको बीउमा दाना नलागेपछि किसानहरुलाई ठूलो मर्का परेको छ । सरकारले नै सिफारिस गरेको धानको बीउमा दाना नलागेपछि त्यसको क्षतिपूर्ति सम्बन्धमा समेत समितिले निर्देशन दिन सक्ने बुझिन आएको छ । 

संसदीय समितिले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र नार्कसंग छलफल गर्न लागेको हो । नार्कको सिफारिसमा किसानले गरिमा धानको बीउ प्रयोग गरे पनि त्यसले नोक्सानी भएपछि नार्कको गैरजिम्मेवारीबारेसमेत छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ