arrow

चिनियाँ प्रहरीले गायब पारेका पति भेट्न छट्पटाउँदै पत्नी झी 

logo
प्रकाशित २०७६ कार्तिक १५ शुक्रबार

काठमाडौं । चीनमा न्यायका लागि झी यानले याचना गर्दै गर्दा उनलाई सुरक्षाकर्मीले धपाएको छ । पति मानवअधिकारवादी अधिवक्ता यु वेन्सेङलाई बेपत्ता पारिएको बारेमा उनले जानकारी लिन न्यायालयमा पुग्न खोजे पनि उनलाई सुरक्षाकर्मीले लखेटेको हो । 

वेन्सेङलाई गत वर्ष प्रहरीले हिरासतमा लिएको थियो । उनकी पत्नी ३७ वर्षीया झीले आफ्नो पतिका बारेमा जानकारी लिन न्यायाधीश ल्यु मिङवेइसंग खोजे पनि सफल हुन सकिनन् । 

उनी २० पटकसम्म बेइजिङदेखि झुझोउ गइसकेकी छिन् । तर उनले कुनै पनि सूचना पाउन सकेकी छैनिन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ