arrow

युरोपा लिग क्वार्टरफाइनल : बराबरीले लिभरपुल दबाबमा

logo
प्रकाशित २०७२ चैत २६ शुक्रबार
Borussia-Dortmund-vs-Liverpool.jpg.jpeg
एजेन्सी । युरोपा लिग फुटबलमा इङ्गलिश क्लब लिभरपुल दबाबमा परेको छ ।  लिगको क्वार्टरफाइनल पहिलो लेगको खेलमा जर्मन क्लब बोरुसिया डर्टमुण्डसंग १–१ को बराबरी खेलेसंगै लिभरपुल दबाबमा परेको हो । यो बराबरीले लिभरपुलको सेमिफाइनल जाने यात्रा संघर्षपूर्ण बनेको छ ।  
 
बोरुसियाको घरेलु मैदान सिग्नल इडुना वार्कमा भएको क्वार्टर फाइनल पहिलो लेगको खेलमा पहिलो हाफ अघि लिभरपुलले १–० को अग्रता लिएपनि दोस्रो हाफ लगत्तै ४८ औं मिनेटमा घरेलु टोलीले गोल फर्काउँदै नतिजा बराबरीमा ल्यायो । लिभरपुलका लागि डिभोक ओरीजीले गोल गर्दा बोरुसियाका लागि माट्स हुमेल्सले गोल गरे । यी दुईबीचको दोस्रो लेगको खेल अर्को विहिबार लिभरपुलको घरेलु मैदानमा हुनेछ  । 
 
स्पेनिश क्लब एथ्लेटिक बिल्वाओ भने होम टाउनकै सेभियासंग २–१ ले पराजित भयो । युक्रेनको शख्तर डोनेत्स्कले अवे खेलमा पोर्चुगिज फुटबल क्लब ब्रागालाई २–१ ले हराउँदा स्पेनिश फुटबल क्लब भिल्लारियलले चेक क्लब स्पार्टा प्रागलाई २–२ ले नै स्तब्ध तुल्यायो । जितसंगै सेभिया, शख्तर र  भिल्लारियलले सेमिफाइनल पुग्ने सम्भावना कायम गरेका छन् ।
 
Mats Hummels of Borussia Dortmund beats goalkeeper Simon Mignolet of Liverpool to score their first goal
 
Jordan Henderson holds his leg after a challenge.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ