arrow

२५० यूरो लिएर पोर्चुगलमा परराष्ट्र मन्त्रालयको नक्कली छाप लगाउदै दलाल

logo
प्रकाशित २०७६ कार्तिक १५ शुक्रबार
fake_doc._-_Copy_.jpg

पोर्चुगोल । यूरोपियन मुलुक पोर्चुगोलमा पछिल्लो समयययता नेपालस्थित सरकारी कार्यालयका आधिकारिक छापको दुरुपयोग बढेको छ । विभिन्न गिरोहमार्फत सरकारी कामकाजका छापको नक्कल गरी दुरुपयोग गरिएको हो ।

अहिले स्थायी र अस्थायी बसोबासका लागि पोर्चुगल भित्रिने नेपालीको संख्या बढेसँगै छिटो पैसा कमाउन खोज्ने गिरोहहरु विभिन्न रुपमा सक्रिय हुन थालेका छन् । बिहिबार एक नेपाली युवा लिस्वनस्थित अवैतनिक बाणिज्य दुतको कार्यालय (कन्सुलेट अफिस) मा पुगेपछि घटनाको विषय बाहिर आएको हो । उनले नेपालस्थित परराष्ट्र मन्त्रालयको नक्कली छाप प्रयोग भएको पत्र कार्यालयमा बुझाएका थिए । तर कार्यालयका कर्मचारीले दर्ता नम्बर जाँच गर्दा पत्र र छाप दुबै नक्कली भएको प्रमाणित भएको कार्यालयमा कार्यरत कर्मचारी मोहन बहादुर थापाले जानकारी दिए । धादिङ घर भएका ति युवाले काठमाडौंस्थित यातायात व्यवस्था विभागले जारी गरेको लाइसेन्सको सिफारिस पत्रमा परराष्ट्र मन्त्रालयको नक्कली छाप प्रयोग गरिएको थापा बताउँछन् ।
 
कन्सुलेट अफिसका कर्मचारी थापाका अनुसार केही समययता सवारी साधन अनुमति पत्र, प्रहरी चारित्रिक प्रमाणपत्र लगायत अन्य सबैजसो कागजपत्रमा नक्कली छापको प्रयोग हुने गरेको छ । ‘नेपालमा झन्झटिलो प्रक्रिया र समय लाग्ने अवस्था छ । त्यसो भन्दैमा गलत कार्य गर्नु हुँदैन् । यो सरासर अपराध हो ।’ उनले भने, ‘नक्कली छापको प्रयोग बढेपछि हामी सजग भएका छौं । नक्कली छाप प्रयोग भएको विषय सहजै पत्ता लगाउन सकिन्छ ।’

स्मरण रहोस् नेपाल सरकारले लिस्वनस्थित अवैतनिक बाणिज्य दुतको कार्यालयलाई नेपाली कागजपत्रलाई पोर्तुगिज भाषामा अनुवाद गर्ने गरी प्रमाणित गर्ने जिम्मा दिएको छ ।

नक्कली छाप लगाउँदा २ सय ५० यूरो तिर्नुपर्ने ?
पोर्चुगलमा नयाँ आएका नेपालीहरु कुनै न कुनै रुपमा ठगिने गरेका छन् । यो कुनै नयाँ र नौलो विषय भने होइन् । आफ्नो काम सरल र सहज बनाउन भर्खर आएका नेपालीहरु जति रकम पनि खर्च गर्ने गर्दछन् । खर्च गर्छन भन्दैमा नेपालीले नेपालीलाई नै कंगाल बनाउनु पनि गलत हो । बिहिबारको घटनाले यो कुरालाई प्रमाणित गरेको छ । लिस्वनका विभिन्न स्थानमा संचालनमा आएका ट्राभल एजेन्सी र साइबरहरुले यस्तो काम गर्ने गरेको खुल्न आएको छ । उनिहरुले नेपालीसँग ५० देखि २ सय ५० यूरो तिरेर छाप लगाइदिने गरेको बताइएको छ ।

यता, सरकारबाट अनुमति पाएको बाणिज्यदुतको कार्यालयमा दैनिक २-४ वटा नक्कली छाप भएको कागजपत्र प्रमाणितका लागि आउने गरेको अबैतनिक बाणिज्य दुत मकर हमाल स्वीकार गर्छन् । ‘यस्तो गलत कार्य हुनु आम नेपालीका लागि दुखद र गम्भिर विषय हो ।’ हमालले भने, ‘यस्ता गलत कार्य नरोकिए कानुनी उपचार खोज्नेछौं ।’

नक्कली छाप बनाउनेलाई के छ कारबाहीको ब्यवस्था ?
कुनै पनि सरकारी कार्यालयको छाप कपी गर्न र प्रयोग गर्न पाइदैन् । प्रयोग गरेमा बनाउने र सेवा लिने दुबै कानुनको फन्दामा पर्छन् । नयाँ मुलुकी ऐन अनुसार सरकारी कामकाजको छाप ‘डुब्लिकेट’ बनाएर प्रयोगमा ल्याउनेलाई हदैसम्मको कारबाही हुने कानुनी प्राब्धान छ । सरकारी छाप र कागजपत्रको किर्ते गर्नेलाई नयाँ मुलुकी अपराध संहिताअनुसार लिखत सम्बन्धी कसुर अन्र्तगत कारबाही हुने छ । विदेशमा भएको यस्तो अपराधलाई सम्बन्धित राजदुत वा बाणिज्यदुतले नेपालको परराष्ट्र मन्त्रालयमा खबर गर्नुपर्ने हुन्छ ।

लिस्वनस्थित अबैतनिक बाणिज्यदुतको कार्यालयको गम्भिर ध्यानाकर्षण
नेपालको परराष्ट्र मन्त्रालयको छाप पोर्चुगलमा किर्ते गरी प्रयोग गर्ने गरेको भन्ने आशयका बिभिन्न टिप्पणीप्रति नेपाली अबैतनिक बाणिज्यदुतको कार्यालयले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ् । कार्यालयले एक सूचना नै प्रकाशित गरी नेपालको परराष्ट्र मन्त्रालयबाट प्रमाणित भएर आएका कागजातहरुको पोर्चुगिस भाषामा अनुवाद गर्ने क्रममा आवश्यकता अनुसार परराष्ट्र मन्त्रालयको कन्सुलर शाखाको अनलाइन अभिलेख, परराष्ट्र मन्त्रालय तथा नेपाली राजदुतावास, पेरिसबाट समेत रुजु गराउने गरिएको जानकारी गराउँदै कसैको कैफियत देखिएमा सम्बन्धित कागजातबाहक ब्यक्तिलाई नेपालको फौजदारी कानुन एबम पोर्चुगलको कानुन अनुसार कडा कारबाही हुने जनाएको छ ।

सूचनामा पोर्चुगलमा कसैले नेपालको सरकारी छाप किर्ते गरेको कुनै जानकारी र सूचना भएमा यस कार्यालय अथवा नेपाली राजदुतावास पेरिसमा जानकारी गराई त्यस्ता आपराधिक कार्यलाई निरुत्साहित गर्न तथा कसैले त्यसो गरेको भए त्यस्ता अपराधीलाई सजायको दायरामा ल्याउन सहयोग पुर्‍याउने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ