arrow

कार किन्न एक ट्रक सिक्का लिएर पुगे ग्राहक, ११ कर्मचारीलाई लाग्यो गन्न १० घण्टा

logo
प्रकाशित २०७६ कार्तिक १५ शुक्रबार
coin.jpg

काठमाडौं । सामान्य हिसाबमा भन्ने हो भने आवश्यक मूल्य छ भने त्यसमा नोट विवरण वा कति परिणाम छ भन्ने कुराको खासै महत्व हुँदैन तर धेरै ठुलो रकम सिक्कामा गन्नुपर्ने अवस्था आयो भने मानिसहरुलाई दिक्दारी हुन्छ ।

 यस्तोमा लाखौं रुपैयाँको भुक्तानी सिक्कामा ल्याउँदाको अवस्था के होला ? चीनमा यस्तै किसिमको घटना घटेको छ । एक ग्राहक आफ्नो रोजाइको कारण किन्न ९ सय किलो सिक्का बोकेर गएका थिए ।

चीनका एक ग्राहक ४८ हजार युआनको सिक्का भाडाको ट्रकमा लिएर कार खरिद गर्न गएका थिए । यति धेरै सिक्का बोकेर कार किन्न ग्राहक आएसँगै बिक्रेता पनि निकै तनावमा आएका थिए । कुन बैंकले यति धेरै सिक्का जम्मा गर्न मान्ला भन्ने डर बिक्रेतालाई थियो ।

 यस्तोमा ग्राहकले उक्त ब्राण्डको कार किन्ने आफ्नो सपना धेरै वर्षदेखि सम्हालिराखेको र त्यसका लागि पैसा पनि जम्मा गर्दै आएको बताएका थिए ।

ग्राहकको यस्तो कुरा सुनी पग्लिएका सोरुम मालिकले बैंकबाट ११ कर्मचारी बोलाएर पैसा गन्न लगाएका थिए । उक्त पैसा गन्न १० घण्टा लागेको थियो । गन्ने काम सकिएपछि मात्र ग्राहकलाई कारको साँचो सुम्पिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ