arrow
ADVERTISEMENT

सोमालियामा बाढीबाट ५ लाख ७५ हजार व्यक्ति विस्थापित : राष्ट्रसंघ

logo
सिन्ह्वा,
प्रकाशित २०७६ कार्तिक १६ शनिबार
united-nation-headquaters.jpg

मोगादिसु। सोमालियाका विभिन्न भूभागमा आन्तरिक द्धन्द्ध, खडेरी तथा हालैका केही हप्तायताको बाढीमा परी ५ लाख ७५ हजार नागरिक विस्थापित भएको बताइएको छ। यहाँ गएको अक्टोबर महिनाभरमा आएको बाढीबाट २ लाख ७० हजार भन्दा बढी नागरिक विस्थापित भएका उक्त समाचारमा जनाइएको छ। 

संयुक्त राष्ट्रसंघीय एक एजेन्सीका अधिकारीहरुका अनुसार बाढीका कारण यसरी विस्थापित हुनेहरु सबैभन्दा बढी बियानी भन्ने ठाउँका परेका छन्।भारी मात्रामा परेको वर्षाका कारण यहाँको स्थानीय सियाली नदीमा आएको बाढीबाट यति ठूलो मात्रामा नागरिक विस्थापित हुन पुगेका बताइएको छ। यस वर्ष बाढी मात्र नभएर खडेरी र आन्तरिक द्धन्द्धका कारण पनि ठूलो संख्याका नागरिक विस्थापित हुन पुगेका छन्।

राष्ट्रसंघीय शरणार्थीसम्बन्धी एजेन्सी, युएनएचसिआरका अधिकारीहरुका अनुसार यस वर्षमात्र सोमालियामा विस्थापित मानिसको संख्या ५ लाख ७५ हजार रहेको बताइएको छ। अक्टोबर महिनामा आएको भारी वर्षाका कारण आएको बाढीबाट विस्थापित ती नागरिकको अवस्था निकै नाजुक रहेको पनि बताइएको छ। प्राप्त समाचारअनुसार उनीहरु कोही रुखमुनी त कोही अस्थायी टेन्ट बनाएर बसेका छन्। 

लाखौँ नागरिक विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । उनीहरुको उद्धारको लागि शरणार्थीसम्बन्धी उक्त एजेन्सीले सबैमा आग्रह गरिरहेको छ।ती शरणार्थीको अवस्था निकै नाजुक भएकोले उनीहरुको सहयोगका लागि उक्त एजेन्सीले सबैमा आग्रह गरेको समाचारमा जनाइएको छ। 

शरणार्थीहरुलाई आधारभूत आवश्यकताको लागि सोमाली सरकारले दाता निकाय र संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ