पाकिस्तानका जनताको मुख्य समस्या महंगी, इमरान सरकारको लागि मात्र काश्मिर
९२ प्रतिशतको मुख्य समस्या अरुनै ८ प्रतिशतले मात्र काश्मिरलाई देखे समस्या
प्रकाशित २०७६ कार्तिक १६ शनिबार
482
Shares
काठमाडौं। पाकिस्तानमा गरिएको एक सर्वेमा पाकिस्तानका जनताले उनीहरुको मुख्य समस्या काश्मिर नभइ महंगी भएको बताएका छन्।
इमरान खान नेतृत्वको पाकिस्तानी सरकारले आफ्नो मुख्य मुद्धा तथा समस्या काश्मिरलाई बनाइ संसारभर आफ्ना दुतावास भएको देशहरुमा समेत यो विषयलाई चर्चा गरिरहँदा स्वयं पाकिस्तानमा भने यो विषय मुख्य मुद्धा नभएको देखिएको हो।
पाकिस्तानका नागरिकहरुले आफूहरुले व्यहोरिरहेको महंगी र वेरोजगारी नै ससबैभन्दा ठूलो समस्या भएको बताएका छन्।
ग्यालुप इन्टरनेशनल र गिलानी पाकिस्तानले पाकिस्तानको वलुचिस्तान, खैवर पख्तुन, पञ्जाव र सिन्ध गरि ४ वटै प्रदेशमा गरेको एक सर्वेमा ५३ प्रतिशत नागरिकले देशको अर्थतन्त्र र बढ्दो महंगीलाई सबैभन्दा ठूलो समस्या मानेका छन्।
२३ प्रतिशत उत्तरदाताले वेरोजगारीलाई दोस्रो ठूलो देशको समस्याको रुपमा अर्थ्याएका छन्। ४ प्रतिशतले भ्रष्टाचार र अर्का ४ प्रतिशतले पानीको समस्यालाई देशको समस्या मानेका छन्।
पाकिस्तानी सरकारले काश्मिर मुद्धालाई जवर्जस्ती अन्तराष्ट्रियकरण गर्न खोजेपनि पाकिस्तानमा भने जम्मा ८ प्रतिशत नागरिकले मात्र यसलाई समस्याका रुपमा स्विकारेका छन्।
पाकिस्तान केहि बर्षदेखि आर्थिक संकटमा जुधिरहेको छ। गत जुलाईमा अन्तराष्ट्रिय मुद्रा कोषले कमजोर र असन्तुलित आर्थिक वृदीका कारण आर्थिक संकटमा परेको जनाएको थियो।
पाकिस्तानी सञ्चार माध्यमका अनुसार पाकिस्तानको सञ्चित कोषमा करिव ५१ दिनकोई आयातलाई पुग्ने करिव ८ अर्व डलर मात्र रहेको छ।
कोषसँग पाकिस्तानले यसैबर्ष ६ अर्व डलरको ऋण लिएको छ भने कतार, चीन, साउदी अरव र युएईबाट पनि ऋण लिएर अर्थतन्त्रलाई गति दिने प्रयास भइरहेको छ।