arrow

लक्ष्मी विर्सजनमा अवरोध गरि परिस्थिति भड्काउने जमाल साह सहित ३ पक्राउ

सांसद अभिषेकप्रताप शाहले गरेका थिए कार्वाहीको माग

logo
प्रकाशित २०७६ कार्तिक १६ शनिबार
Jamal-shah.jpg

कपिलवस्तु। हिन्दु समुदायले आयोजना गरेको लक्ष्मी विसर्जनका क्रममा अवरोध गरेर धार्मिक सदभाव भड्काउने जमाल साह सहित ३ जना पक्राउ परेका छन्।

प्रहरीले जमालका दुई भाइहरु रियाज र गुफ्रानलाई समेत नियन्त्रणमा लिएको छ। कृष्णनगरका मुस्लिम समुदायका कट्टरवादी उनीहरुलाई परिस्थितिलाई भड्काएर धार्मिक हिंसा बढाउन खोजेको आरोप छ। 

हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको लक्ष्मी विसर्जनमा असहिष्णु धार्मिक व्यवहार देखाएर परिस्थितिलाई भड्काइ दंगाको स्थिति बनाएको आरोप लागेको छ।

खासगरि जामिया साल्फिया, लाहोर पाकिस्तानबाट अध्ययन गरेर आएका जमाल शाहको कारणले कपिलवस्तुमा धार्मिक सद्भाव विगार्ने अवस्था सिर्जना भएको स्थानिय प्रदिप कुर्मीले बताएका थिए। पाकिस्तानबाट मुस्लिम अध्ययन गरेर आएपछि उनले धार्मिक कट्टरता बढाउने गतिविधी गर्दै आएका छन्। 

आफ्नो घरको अगाडीबाट लक्ष्मीपूजाको विसर्जन यात्रा गरिनुहुन्न भन्ने दम्भ भरिएको अडान लिएका जमालले मच्चाएको उत्पातले परिस्थिति अनियन्त्रित भएको कुर्मीले बताएका थिए।

स्थानियहरुले साहलाई पक्राउ गरेर कडा कारबाही गर्न माग गरेका थिए। सोहि क्षेत्रबाट निर्वाचित सांसद अभिषेकप्रताप शाहले  नीजहरुलाई कार्वाहीको माग गर्दै गृहमन्त्रीलाई शनिवार विहान ज्ञापनपत्र बुझाएका थिए।

लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको विवाद पछि त्यस क्षेत्र तनावग्रस्त बन्दा प्रहरीको गोली लागेर कृष्णनगर नगरपालिका वडा नं २ का २० बर्षिय सुरज पाण्डेयको मुत्यु भएको थियो। 

विवादले झनै ठूलो रुप लिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालका लागि कर्फ्यु जारी गरेको थियो। अहिले स्थानिय प्रशासनले कर्फ्यु हटाइसकेको छ भने मृतक पाण्डेयको दाहसंस्कार भइसकेको छ।

गत बर्षपनि कृष्णनगरमा दुर्गा पूजाको मूर्ती विसर्जनका बेला यस्तै कर्फ्यु जारी गरिएको थियो । बेला बेला कृष्णनगर क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबीच तनाव हुँदै आएको छ ।

साहकै नेतृत्वको मुस्लिम समुदाय आफ्नो क्षेत्रबाट हिन्दु समुदायको दुर्गा र लक्ष्मी विसर्जन गर्न दिन अवरोध गर्दै आएको आरोप छ भने स्थानिय हिन्दुहरुले परम्परागत बाटो प्रयोग गर्न पाउनु पर्ने बताउँदै आएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ