काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा शनिबार राति आठ खेल भएका छन् । जसमा २२ गोल भएको छ । चेल्सीले सुधार गर्दा म्यान्चेस्टर युनाइटेड फेरि हार्न पुगेको छ ।
लिभरपुलले पुनरागमन गर्दा म्यान्चेस्टर सिटी पनि विजयी हुन पुगेको छ । ११ औं चरणसम्म आइपुग्दा लिभरपुल शीर्ष स्थानमा पुग्दा म्यान्चेस्टर सिटीले पनि पछ्याइरहेको छ ।
अंक तालिका–
लिभरपुल ३१ अंकसहित पहिलो, म्यान्चेस्टर सिटी २५ अंकसहित दोस्रो, चेल्सी २३ अंकसहित तेस्रो, लेस्टर सिटी २० अंकसहित चौथो, आर्सनल १७ अंकसहित पाँचौं, म्यान्चेस्टर युनाइटेड १३ अंकसहित दशौं स्थानमा छ ।