arrow

मेस्सीको गोलले पनि रोकिएन बार्सिलोनाको हार, रियाल मड्रिड बराबरीमै

logo
प्रकाशित २०७६ कार्तिक १७ आइतबार
messi-barcelona2.jpg

काठमाडौं । स्पेनिश लिग ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले लज्जास्पद हार हात पारेको छ । शनिबार राति भएको खेलमा बार्सिलोना लेभान्तेसंग ३–१ गोल अन्तरले पराजित भयो । 

लेभान्तेको मैदानमा लियोनल मेस्सीको पेनाल्टी गोलमार्फत बार्सिलोनाले अग्रता लिए पनि दोस्रो हाफमा लगातार तीन गोल खाँदै बार्सिलोना पराजित भएको हो । 

यो हारले भने दोस्रो स्थानको रियाल मड्रिडले अंक बराबरी गर्न पुगेको छ । 

रियालले अग्रता लिने अवसर गुमाए पनि रियाल बेटिससंग गोलरहित बराबरी खेल्दै एक अंक बटुल्न सफल भएको छ । 
यस्तो छ अन्य खेलको परिणाम–
इस्पानियोल १–२ भ्यालेन्सिया
सेभिया १–१ एथलेटिको मड्रिड

अंक तालिका–
बार्सिलोना ११ खेलबाट २२ अंकसहित पहिलो, रियाल मड्रिड २२ अंकसहित दोस्रो, एथलेटिको मड्रिड २१ अंकसहित तेस्रो, सेभिया २१ अंकसहित चौथो, ग्रानाडा २० अंकसहित पाँचौं, रियाल सोसिडाड १९ अंकसहित छैटौं स्थानमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ