काठमाडौं । इटालियन सिरि ए फुटबलमा युभेन्ट्स विजयी भएको छ । शनिबार राति भएको खेलमा टुरिनोलाई १–० गोल अन्तरले हराउँदै युभेन्ट्सले महत्वपूर्ण तीन अंक बटुलेको हो । यो जितले युभेन्ट्स अंक तालिकाको शीर्ष स्थानमा पुग्न समेत सफल भएको छ ।
युभेन्ट्सका लागि एक मात्र गोल ७० औ मिनेटमा म्याथिज डी लिग्टले गरे । यो खेलमा चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोले भने गोल गर्न सकेनन् ।
रोनाल्डोले गोल नगरे पनि टिमले भने जित हासिल गर्दै शीर्ष स्थानमा पुग्यो । रोनाल्डोले पहिलो हाफमा गोलका दुई सुन्दर अवसर गुमाएका थिए ।
लिग्टले भने आफ्नो इज्जत राखेका छन् । उनी यसै सिजन ६७.५ मिलियन पाउण्डमा युभेन्ट्स भित्रिएका हुन् ।