arrow

पत्रकार सिलवालको ‘श्रीलंका स्मृति’ 

logo
प्रकाशित २०७६ कार्तिक १७ आइतबार
ashok-srilanka-smriti.jpg

कोलम्बो । पत्रकार अशोक सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ श्रीलंकाको आर्थिक राजधानी कोलम्बोमा आयोजित एक भव्य कार्यक्रममा सार्वजनिक गरिएको छ । श्रीलंका संसदका सभामुख कारु जयासूर्या, श्रीलंका प्रेस एशोसिएसन (एसएलपिए) को अध्यक्ष मुदिता कारियाकार्वाना र इन्डियन फेडरेसन अफ वर्किङ जर्नालिस्ट ९आइएफडब्लुजे०का अध्यक्ष बीभी मल्ल्किार्जुनाले सिलवालको पुस्तक संयुक्त रुपमा सार्वजिनिक गरेका हुन् ।  

एसएलपिएको ६४ औं बार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा विशिष्ट अतिथिको रुपमा निम्त्याइएका लाङटाङ सद्भावना दूत समेत रहेका सिलवालको पुस्तक सोही कार्यक्रममा सार्वजनिक गरिएको हो । अघिल्लो बर्ष समेत विशिष्ट अतिथीका रुपमा त्यहाँ निम्त्याइएका उनको त्यही बेलाको एक साता लामो श्रीलंका यात्रा पुस्तकमा समेटिएको छ ।

‘एक साताको श्रीलंका यात्रामात्र होइन, त्यहाँ जानुपूर्वको तयारी, त्यहाँ पुग्दासम्मका अनेक भोगाई, यात्रामा भेटिएका अनेक मानिस, संस्कृति र जीवनशैलीसँग जोडिएका मसिना सम्झनाहरूको संग्रह हो यो पुस्तक’, सिलवालले भने, ‘यो पुस्तक श्रीलंका परिचय होइन तर मैले चिनेको श्रीलंका भने पक्कै हो, जहाँ नेपालका जस्तै पहाडी वस्तीहरू थिए । वुद्धका अनुयायीहरू थिए । 

नेपालजस्तै राजनीतिको एउटा संक्रमण पार गरेर अर्को चरणमा प्रवेश गरेको स्थिति थियो । छिमेकी भारत थियो । चियाका बगानहरू थिए । मोहक तालहरू थिए । । हरियाली थियो ।’ पुस्तकले दुई देशबीच अझ आत्मीयता थप्ने विश्वास पनि उनले व्यक्त गरे ।  

‘सगरमाथाको देशबाट सागरको देश र भुपरिवेष्ठित देशबाट समुन्द्रवेष्ठित देश गएको एउटा अन्वेषी यात्रुको कथा हो यो’, आएएफडब्लुजेकी विदेश सचिव गितिका तालुकदारले पुस्तकमाथि टिप्पणी गरिन् । 

नेपाल पर्यटन बोर्डको तर्फबाट नेपाल भ्रमण बर्ष २०२० को निम्तो समेत लिएर श्रीलंका पुगेका सिलवालले बुद्ध जन्मेको देश नेपाल र बुद्धप्रेमी देश श्रीलंकाबीचको हार्दिक सम्बन्धलाई पर्यटनमार्फत अझ बलियो बनाउन सकिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ