arrow

शाहरुख खान ५४ का भए, यस्ता छन् उनका कीर्तिमान

logo
प्रकाशित २०७६ कार्तिक १७ आइतबार
sharukh-khan.jpg

काठमाडौं । बलिउड बादशाह शाहरुख खान ५४ वर्षका भएका छन् । २ नोभेम्बर १९६५ मा भारतको दिल्लीमा जन्मिएका शाहरुख सामान्य परिवारमा जन्मिए पनि संघर्षका कारण यहाँसम्म आइपुगेका हुन् । 
 
‘डर’, ‘बाजीगर’, ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘कभी हां कभी ना’, ‘करन अर्जुन’, ‘कुछ कुछ होता है’, ‘कभी खुशी कभी गम’ ‘चक दे’, ‘चेन्नई एक्सप्रेस’ लगायत सय बढी फिल्ममा जीवन्त अभिनय गरेका शाहरुख खानले पछिल्लो समय फ्लप भएको ‘जीरो’ पछि नयाँ फिल्म साइन गरेका छैनन् । 

बलिउडका ‘किंग खान’ ले अहिलेसम्म के सफलता हासिल गरे त ? 
 
–पहिलो कमाई केबल ५० रुपैयाँ भएका  उनी भारतकै धनी कलाकार हुन् । उनको सम्पत्ति ६०० मिलियन डलर भन्दा माथि छ । शाहरुख अभिताभ बच्चनपछिका एकमात्र त्यस्ता कलाकार हुन् जसलाई फ्रान्सको ‘लिगियन अफ फ्रान्स अवार्ड’ मिलेको छ ।
 
–शाहरुखले हालसम्म सर्वाधिक २९ पटक उत्कृष्ट नायकको अवार्ड जितिसकेका छन् ।
 
–इन्टरपोलको ‘टर्न व्याक क्राइम’ नामक विश्वव्यापी अभियानका अन्तर्राष्ट्रिय दुत बन्ने शाहरुख पहिलो भारतीय कलाकार हुन् ।
 
–उनको फिल्म ‘दिलवाले दुल्हनिया ले जाएगें’ २० वर्षसम्म एकै सिनेमा घरमा लगातार चलेर विश्वकीर्तिमान राखेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ