arrow

न्यूजिल्याण्डले इंगल्याण्ड विरुद्ध सिरिजमा गर्यो बराबरी

logo
प्रकाशित २०७६ कार्तिक १७ आइतबार
england-newxealand.jpg

काठमाडौं । न्यूजिल्याण्डले इंगल्याण्ड विरुद्धको टी–२० सिरिज क्रिकेटमा बराबरी गरेको छ । विलिङटनमा आइतबार बिहान भएको दोस्रो खेलमा २१ रनको जित निकाल्दै घरेलु टोलीले सिरिजमा बराबरी गरेको हो । 

पहिलो खेल हारेको न्यूजिल्याण्डले दोस्रो खेल जितेर पाँच खेलको सिरिजमा १–१ को बराबरी गरेको हो । 

न्यूजिल्याण्डले पहिले ब्याटिङ गरेर ८ विकेटको नोक्सानीमा १७६ रन बनायो । जेम्स नीसमले २२ बलमा ४ छक्का र २ चौकाको मद्धतले ४२ रन बनाए । त्यस्तै मार्टिन गुप्टिलले २८ बलमा २ छक्का र ३ चौकाको मद्धतले ४१ रन बनाए । 

इंगल्याण्डका क्रिस जोर्डनले ३ विकेट लिए । जवाफमा उत्रिएको इंगल्याण्डले १९.५ ओभरमा अलआउट हुनुअघि १५५ रन मात्र बनाउन सक्यो । 

कप्तान इयोग मोर्गानले १७ बलमा ३२ तथा अलराउन्डर जोर्डनले १९ बलमा ३६ रन बनाए पनि टिमले हार्यो । 

मिचेल सान्तनरले ३ विकेट लिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ