arrow

भारत–बंगलादेश टी–२० दिल्लीमा, यसो भन्छ मौसम विभाग

logo
प्रकाशित २०७६ कार्तिक १७ आइतबार
india13.jpg

काठमाडौं । भारत र बंगलादेश बीचको टी–२० सिरिज क्रिकेटको पहिलो खेल आइतबार बेलुकी दिल्लीको अरुण जेट्ली स्टेडियममा हुँदैछ । 

खेल बेलुकी ७ः१५ बजेदेखि सुरु हुँदैछ । भारतले दोस्रो पटक घरेलु मैदानमा बंगलादेशविरुद्ध सिरिज खेल्न लागेको हो । यसअघि सन् २०१६ मा भारतले बंगलादेशलाई बेंगलरुको एम चिन्नास्वामी स्टेडियमममा १ रनले हराएको थियो । 

भारतले अहिलेसम्म बंगलादेश विरुद्ध खेलेका ८ खेलमा एउटा पनि हारेको छैन । तीन खेलको सिरिज खेल्न बंगलादेश भारत आएको हो । 

मौसम कस्तो छ ? 
दिल्लीको जोडिएको राज्यमा पराल जलाउनुका साथै दिल्लीको दिवालीका कारण प्रदूषण बढेको छ । यसको ५०० को स्तरसम्म वायु प्रदूषण पुगेपछि खेल खेल्नेबारे शंका थियो । 

यसकै कारण खेल नखेलाउन दिल्ली सांसद एवं पूर्व क्रिकेटर गौतम गम्भीरले पनि आग्रह गरेका थिए । तर बीसीसीआईका नवनियुक्त अध्यक्ष सौरव गांगुलीले अन्तिम समयमा सार्न नसकिने बताएपछि खेल हुने भएको हो । 

मौसम विभागले भने दिल्लीमा बादल भइरहने जनाएको छ । तर वर्षाको सम्भावना न्यून रहेको पनि विभागले बताएको छ । 

तापक्रम १७ देखि २६ डिग्री हुनेछ । यो मैदानमा स्पिनरलाई फाइदा हुने दखिएको छ । यो सिरिजमा रोहित शर्माले कप्तानी सम्हाल्ने छन् । बीसीसीआईले नियमित कप्तानी गरिरहेका विराट कोहलीलाई आराम दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ