arrow
ADVERTISEMENT

अदालतमै वकिल–प्रहरीबीच झडप, वकिललाई गोली, १० पुलिस घाइते

logo
प्रकाशित २०७६ कार्तिक १७ आइतबार
jhadap-delhi-police-lawyer.jpeg

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित तीस हजारी अदालत परिसरमा शनिबार साँझ वकिल र प्रहरीबीच झडप भएको छ । हिंसात्मक झडपमा परी एक वकिलको टाउकोमा गोली लागेको छ । 

अस्पतालले उनको अवस्था स्थित रहेको बताएको छ । आक्रोशित वकिलहरुले हंगामा गर्दा पुलिस कन्ट्रोल रुमको एक जिप्सी र एक जेल बाहनमा आगो लगाइदिएका छन् । 

घटनामा नर्थका एडिसनल डीएसपीसहति १० पुलिस घाइते भएका छन् । यो घटनापछि वकिलहरुले ४ नम्बरको राजधानीका सबै जिल्ला अदालतमा हड्तालको घोषणा गरेका छन् । 

बार एसोसिएसनका सदस्य जय बिस्वालका अुनसार पार्किङ एरिया पुलिस भ्यानले एक वकिलको गाडीलाई ठक्कर दिएको विरोधमा वकिल उत्रिँदा पुलिसले नियन्त्रणमा लिएर कुटपीट गरेको थियो । 

आधा घण्टा नियन्त्रणमा लिएर वलिकलाई छोडेपछि हंगामा भएको हो । घटनाबारे जाँच गर्न न्यायाधीशको ६ जनाको टोली गए पनि जाँच गर्न प्रहरीले नदिएपछि झडप भएको हो । 

झडपमा ४ वकिल घाइते भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ