arrow

आइपीएलको नवौं संस्करण सुरु

logo
प्रकाशित २०७२ चैत २६ शुक्रबार
IPL-2016.jpg.jpeg
एजेन्सी । विश्वभरका स्टार क्रिकेटरहरुको भेट हुने क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग आइपीएलको नवौं संस्करण विधिवत रुपमा सुरु हुँदैछ । विभिन्न विवादबीच शुक्रबार आइपीएलको विधिवत उद्घाटन हुँन लागेको हो । शनिबार देखि खेल हुने छन् ।
 
मुम्बईको नेशनल स्पोट्स क्लबमा हुने उद्घाटन समारोह भव्य हुने भएको छ । उद्घाटनमा भरखरै विश्वकप टि–२० च्याम्पियन भएको वेष्ट इन्डिजको टोलीले प्रस्तुती राख्ने बताइएको छ । डुवायन ब्राभोको ‘च्याम्पियन’ बोलको गितमा टोलीले प्रस्तुती राख्नेछ । यस्तै, समारोहमा बलिउड हस्तीहरु रणवीर सिंह, ज्याकलिन फर्नांडिस, कट्रिना कैफ, हनि सिंहले प्रस्तुती दिनेछन् 
 
यसपटक आइपीएलको दर्शक संख्या ५० करोड पार गर्ने आँकलन छ । शनिबारबाट सुरु हुने खेलहरु मे २९ सम्म चल्ने छन् । आठ टोली सहभागि हुने लिगमा ६० म्याच हुने छन् । शनिबार हुने पहिलो खेलमा मुम्बई इन्डियन्स र राइजिङ्ग पुणे सुपरजायंट्स भिड्ने छन् । ट्वेन्टी–ट्वेन्टी फर्मेटको प्रतियोगिता क्रिकेट प्रेमीहरुमाझ निकै लोकप्रिय छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ