arrow

तीन खान एकै चलचित्रमा, शाहरुखपछि सलमान ल्याउन जुटे आमिर

logo
प्रकाशित २०७६ कार्तिक १७ आइतबार
All-Khan-in-a-film1.jpeg

काठमाडौं । बलिउड स्टार शाहरुख खानको ५४ औं जन्मदिन सिनेमा प्रेमीहरूले आइतबार मनाइरहेका छन्। शाहरुखका फ्यानहरूले विहानै देखि जन्मदिनको बधाई दिइरहेका छन् । लामो समय देखि फ्यानहरु शाहरुखको राम्रो फिल्मको घोषणाको लागि प्रतीक्षा गर्दैछन् । यसैबीच किंग खानको फ्यानहरूको लागि एक ठूलो खबर बाहिरिएको छ। आमिर खानको फिल्म 'लाल सिंह चड्ढा' मा शाहरुखको प्रवेश भएको छ। उनको चलचित्रमा खास भुमिका रहनेछ ।

आमिर खानले आफ्नो चलचित्र  'लाल सिंह चड्ढा' मा शाहरुख खानको लागि विशेष भूमिका लेखाएका छन् । किंग खानको यो क्यामियो केही सेकेन्डको मात्र नभइ फिल्ममा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । जुस विना फिल्म अपूर्ण हुनेछ।

अर्को एक विशेष कुरा आमिर खानले अर्को पात्र लेखाएका छन् जसका लागि सलमान खान चर्चामा छन्। आमिर खान तीनै खानलाई 'लाल सिंह चड्ढा' मा देखाउन चाहान्छन्। शाहरुख खानले फिल्मको लागि सहमत भएपनि सलमान खान अझै यसको बारेमा सोच्दै छन्।

'लाल सिंह चड्ढा' मा करीना कपूर आमिर खानसँग देखा पर्नेछिन्। यो फिल्म हलिउड फिल्म ' फोरेष्ट गम्प' को हिन्दी रीमेक हो। फिल्म 'लाल सिंह चड्ढा' मा आमिरको भूमिका एक यस्तो बालकको हो जसलाई बाल्यकालदेखि विशेष सहयोग चाहिन्छ। तर सो बालक कसरी आफ्नो कठिनाइमाथि विजय हासिल गरेर देशको स्टार बन्दछ, यही फिल्म 'लाल सिंह चड्ढा' को कथा हो।

आमिर खान प्रोडक्शन्सका अनुसार आमिर आफ्नो आगामी फिल्मको लागि देशभर एक सय विभिन्न स्थानमा सुटिङ गर्नेछन्। लाल सिंह चड्ढा फिल्ममा आमिरले जीवनको भित्री यात्रा देखाउनुपर्छ र यसका लागि उनले हरेक पटक बिभिन्न ठाउँहरूमा जान आवश्यक रहेको छ।

 १०० स्थानमा फिल्मको शुटिंग गरिने यो नै बलिउडको पहिलो फिल्म हुनेछ ।  ठग्‍स अफ हिन्दुसोस्तानबाट असफल भएका आमिर यसलाई सबल रुपमा देखाउन चाहान्छन्। त्यसैले अर्को केही महिनासम्म उनि स्थलहरू छान्नमा व्यस्त हुनेछन्। बर्षको अन्त्यसम्ममा 'लालसिंह चड्ढा' फिल्मको शुटिंग सुरु गर्न तयारी भइरहेको छ।

 फिल्म सीक्रेट सुपरस्टार निर्देशक अद्वैत चन्दनले निर्देशन गर्दैछन् भने  'लाल सिंह चड्ढा' को कथा अतुल कुलकर्णीले लेखेका हुन्। फिल्मका मुख्य पात्र लालसिंह चड्ढाका लागि आमिरले आफ्नो  करिब २० किलोग्राम वजन घटाउने छन् ।

शाहरुख हालै धर्म प्रोडक्शनको फिल्म 'ब्रह्मास्त्र' को एक अंश बन्न पुगेका छन् । उनको फिल्ममा विशेष क्यामियो भूमिका हुनेछ। त्यस्तै चाँडै उनी निर्देशक एटलीको फिल्म 'संकट' मा देख्न सकिने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ