arrow

कसपाल हजुरबुवाको 'कृपा' सँगै १२ बर्षे नातीको 'सुवासमा अधिश्री' बिमोचन

logo
प्रकाशित २०७६ कार्तिक १७ आइतबार
hajurba.JPG

भक्तपुर । बाबुकाजी कसपालको जीवनीमा आधारित पुस्तक 'कृपा' र उनको १२ बर्षे नाति अधिश्री कसपालको गीति एल्बम 'सुवासमा अधिश्री' बिमोचन भएको छ ।

प्रमुख अतिथि चेतन कार्कीले कुनै पनि देशको गौरब त्यो देशको भाषा, संस्कृति र कलाको संबृद्धिमा भर पर्ने बताउँदै भाषा, संस्कृति र कलाको भक्त भएको कारण भक्तपुरको नाम भक्तपुर रहन गएको चर्चा गरे ।

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठको मन्तब्यको प्रसंग कोट्याउँदै बिदेशमा रहेर बिभिन्न देशमा वुद्ध जन्मस्थल बिषयमा गरेका उल्लेखनिय काम र हासिल गरेका उपलब्धीको प्रसंशा गरे। आत्माकथा मसीले होइन मुटुको रगतले लेखिनुपर्ने धारणा कार्कीको थियो ।  

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले सरकारले गर्नु पर्ने काम सरकारले नगरेका कारण जनस्तरबाट गरिराख्नु परेको र राष्ट्रिय अन्तराष्ट्रिय महत्वका धेरै उपलब्धी हासिल गरिसकेको फेयरिस्त पेश गर्दै अभियानका तर्फबाट सरकार प्रमुख र सरकार प्रमुखको जिम्मेवारी बहन गरिसकेका ब्यक्तिहरुले आँफैले बुझेर गर्नुपर्ने कामहरुलाई गर्नका लागि घचघच्याउने र झकझक्याउने काम बेला बखत गरिराख्दा पनि त्यस्ता महत्वपूर्ण कामहरु हुन नसकेकोमा चिन्ता ब्यक्त गरे।        

पूर्व न्यायाधिबक्ता एबं 'काठमाण्डौं स्कूल अफ ल' का कार्यकारी निर्देशक डा युबराज संग्रौलाले जो आफ्नो देशप्रती इमान्दार बन्न सक्तैन ऊ अरुको देशप्रति पनि इमान्दार हुन सक्तैन भन्दै बिमोचित पुस्तक 'कृपा' का लेखक बाबुकाजी कसपालको शरीरबाट नेपालको गन्ध आउने बताउनु भयो । ७०० बर्ष अगाडिको कला र संस्कृतिले अर्थ राख्दा दुइ-ढाइ सय बर्षको ईतिहास बोकेको राजनीतिले अर्थ राख्न नसकेको चर्चा डा संग्रौलाले गरे।  

'कृपा' पुस्तकको समिक्षा गर्दै वरिष्ठ साहित्यकार, संचारकर्मी एबं चलचित्रकर्मी प्रकाश सायमीले आत्मकथा जस्ता पुस्तकहरुमा कलंकित ब्यक्तिहरुको प्रसंग उल्लेख नै नगरिएको राम्रो भन्दै पैसा दिएर लेख्न लगाएर आत्मकथा तथा अन्य साहित्य मार्फत सस्तो लोकप्रियता लिएर जनताका बीच आउनेहरु पनि भएको चर्चा गरे ।

बिमोचित गीति एल्बममा एकल रचना संग्रहित भएका वरिष्ठ रचनाकार सुवासचन्द्र ढुंगेलले जीवनप्रतिको दृष्‍टिकोणबारे चर्चा गरेका थिए।

मोटिभेशनल स्पिकर एबं मोर्डन स्कूल एबं कालेजका सल्लाहकार रविन कटवालले कसपल परिवार आँफैमा पुस्तक जस्तो भएको बताए।

कार्यक्रममा आकर्षक नाचका साथै बिमोचित एल्बमका अधिश्री र उन्की दिदी सर्वश्रीले गीत गाएका थिए । बिमोचित एल्बमको गीत 'कोही हुन्छन' गीतको द्रिस्यांशमा वरिष्ठ नायक सरोज खनालले भूमिका निर्बाह गरेका छन । एल्बमको समिक्षा वरिष्ठ संगीतकार राजु सिंले गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ