arrow

देउवाको प्रदेशबाट देउवाकै उमेद्वार पराजित

logo
प्रकाशित २०७२ चैत २६ शुक्रबार
sher-bahadur-deuba.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नेता शेर बहादुर देउवाको प्रदेश नं. ७ डडेल्धुराबाट प्रतिनिधित्व गर्छन। उनको प्रभाव अब त्यस क्षेत्रमा मात्र हैन देशभर छ। चुनाव लडेको डडेल्धुरा र कैलाली उनको राजनीतिक साखको क्षेत्र पनि हो। बिहिवार मात्रै उनै देउवाले संसदीय दलको निर्वाचनमा आफ्नो प्रतिष्पर्धी रहेका रामचन्द्र पौडेललाई भारी मतले पराजित गरे । 
 
तर सोहि क्षेत्रका आफ्नो गुटका र आफूले चुनाव लडेको कैलालीका सांसदलाई भने देउवाले संसदीय समितिमा ल्याउन सकेनन्। प्रदेशबाट एक पदका लागि भएको निर्वाचनमा देउवा पक्षीय दीर्घराज भाटले ९३ मत ल्याए। जहाँ पौडेल पक्षीय भनिएका भरतबहादुर खड्का ११० मत ल्याएर निर्वाचित भए। डोटीका खड्का समानुपातिकबाट सांसद भएका हुन भने भाट कैलाली ५ बाट प्रत्यक्ष निर्वाचित हुन।
 
यद्यपी नेपाली कांग्रेस संसदीय दलको कार्यसमितिमा पनि सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा पक्षका बहुमत सदस्य विजयी भएका छन्। रामचन्द्र पौडेल समूहबाट चार जना मात्र विजयी भएका छन्। 
 
प्रदेश नं. १ (एक पदका लागि)
१) तारामान गुरुङ–१०१
२) दीपक खड्का–१०३
 
प्रदेश नं. २ (एक पदका लागि)
१) तेजुलाल चौधरी–९२
२) प्रेमकिशोर प्रसाद साह तेली–१०९
 
प्रदेश नं. ३ (एक पदका लागि)
१) ध्यानगोविन्द रञ्जित–११७
२) रामेश्वरप्रसाद ढुंगेल–८६
 
प्रदेश नं. ४ (एक पदका लागि)
१) कमलप्रसाद पंगेनी–९४
२) रामचन्द्र पोखरेल–१०९
 
प्रदेश नं. ५ (एक पदका लागि)
१) विक्रम खनाल–१११
२) संजय गौतम–९३
 
प्रदेश नं. ६ (एक पदका लागि)
१) तप्तबहादुर विष्ट–१०३
२) रीता शाही–७३
 
प्रदेश नं. ७ (एक पदका लागि)
१) दीर्घराज भाट ९३
२) भरतबहादुर खड्का–११०
 
समानुपातिक समावेशी प्रतिनिधित्व समूह
मधेशी (महिला) दुई पदका लागि
१) कविता कुमारी सरदार–१०७
२) प्रमिला देवी दास–११२
३) रश्मी ठाकुर–१२०
 
मधेशी पुरुष एक पदका लागि
१) राम अयोध्या प्रसाद यादव–१२३
२) लाल बाबु सिंह भुँइहार–७५
 
दलित महिला एक पदका लागि
१) आशा वि.क.–१२४
२) कल्पना सोँव–७६
 
दलित पुरुष एक पदका लागि
१) खड्गबहादुर बस्याल ९८
२) नरभान कामी १०५
 
आदिवासी जनजाती महिला दुई पदका लागि
१) उषा गुरुङ–१०८
२) पुष्पलता लामा–९०
३) राज्यलक्ष्मी श्रेष्ठ–८८
४) ज्ञान कुमारी छन्त्याल–१०९
 
आदिवासी जनजाती पुरुष दुई पदका लागि
१) आङटावा शेर्पा–१०४
२) कञ्चन चन्द्र वादे–९८
३) झुलबहादुर आले–७९
४) तीर्थबहादुर लामा–१११
 
खस आर्य महिला दुई पदका लागि
१) गिता वाग्ले–१२१
२) चन्द्रादेवी जोशी–१०९
३) मधुशाही ठकुरी–११९
 
खस आर्य पुरुष एक पदका लागि
१) बुद्धिराम भण्डारी–८४
२) राजेन्द्र कुमार केसी–११८
 
थारु एक पदका लागि
१) बुद्धिसागर चौधरी–९३
२) भोटनीदेवी खवास–१०७
 
मुस्लिम एक पदका लागि
१) अब्दुल रज्जाक–१३९
२) अब्दुल हमिद सिद्धिकी–६४

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ