arrow

पीडामा दिल्लीः प्रदूषण सुधार्न तीन सय टिम परिचालन

logo
प्रकाशित २०७६ कार्तिक १८ सोमबार
delhi-dust.jpg

काठमाडौं । भारतको राजधानी दिल्ली प्रदूषणका कारण विश्वभर चर्चामा छ । मुस्किलले आइतबार भारत र बंगलादेश बीचको टी–२० क्रिकेट सम्भव भएको छ । 

दिल्ली र एनसीआरको क्षेत्रमा यो सिजनमा पहिलो पटक एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ६०० बाट माथि पुगेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकारसंग प्रदूषण रोकथामका लागि तत्काल कदम चाल्न आग्रह गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार पनि अग्रसर भएको छ । 

प्रधानमन्त्रीका प्रधान सचिव पीके मिश्रा र मन्त्रिपरिषद सचिव राजीव गाबाले आइतबार उच्चस्तरीय बैठक गरेर आवश्यक कदम चाल्न निर्देशन दिएका छन् । 

आइतबार दिल्लीमा फाटफुट बर्षा भएपछि स्थिति झन् खराव भएको मौसम विभागले बताएको छ । भिजिबिलिटी समेत निकै कम भएको छ । यसको असर आइतबार विमान सेवामा पनि परेको छ । 

आइतबार टर्मिनल ३ बाट ३७ फ्लाइट जयपुर, अमृतसर र लखनउ डाइभर्ट गरिएको थियो । त्यस्तै सबै दिल्ली–नोयडाका सबै विद्यालय नोभेम्बर ५ (मंगलबार) सम्म बन्द गरिएका छन् । 

मिश्राले दिल्लीमा तीन सय टिम हालत सुधार्नमा खटिएको बताएका छन् । सबै राज्यमा प्रदूषण नियन्त्रणका लािग टिमहरुलाई काम दिइएको छ । बढी ध्यान एनसीआरका ७ औद्योगिक क्षेत्र तथा ट्राफिक करिडोरमा लगाइएको छ । केन्द्र सरकारले प्रदूषण युनिट, फोहर जलाउने र निर्माण कार्यमाथि विशेष नजर राखिरहेको छ । 

मौसम विभागले २४ घण्टामा बादल लाग्ने र हल्का वर्षा हुने सम्भावना पनि बताएको छ । 

विशेषज्ञहरुले घरबाट बाहिर निस्कने हो भने विशेष मास्क लगाउन आग्रह गरेका छन् । मुख्यमन्त्री केजरीवालले सकभर घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् । 

त्यस्तै सोमबार बिहान ८ बजेदेखि जोर–विजोर गाडीहरु चलाउने नियम सुरु भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ