arrow

आइपीएलको नवौं संस्करणसम्मका ९ लफडा ?

logo
प्रकाशित २०७२ चैत २६ शुक्रबार
IPL-new-fanda.jpg.jpeg
एजेन्सी। इन्डियन प्रिमियर लिग आइपीएलको नवौं संस्करण सुरुवात हुनु अघि एक नयाँ विवाद बाहिर आएको छ । खडेरी झेलिरहेको मुम्बईको पानी हाहाकारको विषयलाई लिएर भारतीय क्रिकेट बोर्ड, महाराष्ट्र तथा मुम्बई क्रिकेट संघलाई मुम्बई हाई कोर्टले भनेको छ, ‘आइपीएल त्यस्तो ठाउँमा गर्नु पर्दछ जहाँ पानीको संकट छैन ।’ तर, आइपीएल शनिबारबाट मुम्बईमै हुदै‌ँछ।  
 
नवौं संस्करण, नौ विवाद
 
२००८ : थप्पड काण्ड 
हरभजन सिंह
२००८ मा भएको आइपीएल पहिलो संस्करणमा मुम्बई इन्डियन्सका कप्तान हरभजन सिंह र तत्कालिन किङ्गस इलेभेन पन्जावका एक हस्ती एस श्रीसंतबीच एक म्याचपछी झडप भएको थियो। भज्जीले म्याच हारेपछि श्रीसंतलाई थप्पड हाने। थप्पड खाएका श्रीसंत मैदानमै रोएको दृष्य धेरैले विर्सेका छैनन्। थप्पड हानेकै कारण भज्जीले पुरै सिजन खेल बाहिर काटेका थिए। सो घटनाको पाँच वर्षपछि श्रीसंतले सो घटनाक्रम पहिले नै नियोजित थियो–भने। उनले यो पनि भने, ‘हरभजन सिंह पीठ्यूमा छुरी प्रहार गर्ने व्यक्ति हुन्।’
 
२००९ : ललित मोदीको कमाल
भारत सरकारले आम चुनावको कारण देखाउँदै भारतीय क्रिकेट बोर्डलाई  आइपीएलका लागि सुरक्षा दिन अस्वीकार गरिदियो । यस विषयमा कयौं विवादपछी आइपीएल प्रबन्धक ललित मोदीले ठूलो निर्णय लिए। उनले खेल दक्षिण अफ्रिकामा १८ अप्रिल देखि मे २४ सम्म संचालन गरे। 
 
२०१० : ललित मोदीको विदाई 
भारतको क्रिकेट इतिहासमा मोदीले टि–२० को फर्मेटको नयाँ अध्यायको सुरुवात गर्दै आइपीएल एक ब्राण्डको रुपमा स्थापित गरि दिएका थिए। जसले भारतीय क्रिकेट बोर्डको पेट त भरीयो नै खेलाडीका समेत सुखका दिन फर्किए। यद्यपि, मोदी आर्थिक हिनामिनामा संलग्न देखिएपछि बोर्डले उनलाई हटाइदियो। मोदीले कोच्चि टस्कर्सको शेयर होल्डिङ व्याटर्नलाई लिएर ट्वीट गरेको थिए। जसले तत्कालिन विदेश राज्य मन्त्री शशि थरुरको पद त गयो नै, मोदी समेत भारतीय क्रिकेट बोर्डबाट फालिए। उनको नाममा रेड कर्नर नोटिस समेत जारी भइसकेको छ। 
 
२०११ : शाहरुखको टोलीका गांगुली 
बलिउड अभिनेता शाहरुख खानको आइपीएल टिम कोलकाता नाइटराइडर्सले २०११ मा आइपीएलको लिलामीमा सौरव गांगुलीबारे बोली लगाएनन् । जस लगत्तै कोलकाताका खेल समर्थक सडकमा उत्रिए। उनीहरुले ‘नो दादा, नो केकेआर’ अभियान चलाए। गांगुलीका प्रशंसकले एक फेसबुक पेज समेत शुरु गरेका थिए। जसमा जोडदार प्रतिक्रियाहरु आए। 
 
२०१२ : शाहरुखले गरे झगडा 
शाहरुख़ ख़ान
कोलकाता नाइटराइडर्सका मालिक शाहरुख खान कहिले स्टेडियममै चुरोट पीउने त कहिले सुरक्षा गार्डसंग रिसाउने गरेका कारण विवादमा रहे। त्यसताका मुम्बई इन्डियन्ससंग खेल जितेपछि सुरक्षा गार्डसंग झगडा गर्नु शाहरुखका लागि निकै महंगो भयो। उनलाई वानखडे स्टेडियममा प्रवेश गर्न पाँच वर्षको प्रतिबन्ध लाग्यो। २०१४ मा मात्रै महाराष्ट्रको क्रिकेट एसोसिएशनले उनिमाथिको प्रतिबन्ध हटाएको छ। 
 
२०१३ : खेल मिलेमतोको दाग 
२०१६ को मे १६ मा राजस्थान रोयल्सका तीन खेलाडी सांतकुमारन श्रीसंत, अंकित चव्हाण र अजित चंदेला खेल मिलोमतोको आरोपमा पक्राउ परे। दिल्ली र अहमदावादमा लेनदेनको अभियोगमा पक्राउपछी सो मामिला सार्वजनिक भयो। त्यसपछि अभिनेता विंदू सिंहबाट लिएर गुरुनाग मयप्पन र राज कुंद्रा सम्म खेल मिलेमतोको जालो जोडियो । 
 
२०१४ : अन्तरिम अध्यक्ष 
भारतमा आम चुनावका कारण सुरुवाती चरण संयुक्त अरब इमाइरेट्सको अवुधावी, शारजाह र दुबईमा आयोजना भयो। आइपीएलको छटौं संस्करणमा भएको चरम विवादका कारण यसको छवि बचाउनका लागि सुनील गावस्कर आइपीएलको कार्य सम्पादनका लागि अन्तरिम अध्यक्ष बने । अदालतले एन श्रीनिवासनलाई आइपीएलमा अनियमितता भएकामा दोषी ठहर गरिदियो । 
 
२०१५ : उथप्पाले हात हाले 
आइपीएलमा बैंग्लोर र कोलकाताबीचको म्याचपछी १७ वर्षीय बैंग्लोर खेलाडी सरफ्राज खानलाई जीतको खुसीयाली मनाउन भारी भयो। म्याच जित्ने वित्तिकै बैंग्लोरका खेलाडी खुसीयाली मनाइरहँदा कोलकाताका खेलाडी रबिन उथप्पा ड्रेसिङ रुपमा गइरहेका थिए। सरफ्राज खानको खुसीयाली मनाउने तरिकादेखि रिसाएर चुर भएका उथप्पाले १७ वर्षीय युवा खेलाडीको जर्सीको कलर समाते र आफ्नो औकातमा रहन भने। तर, म्याचका रेफ्री जवागल श्रीनाथले यस्तो कुनै घटना भएकोबारे जानकारी नभएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ