arrow

अभिनेत्री जोआन्ना लुम्ले भ्रमण वर्षको सद्भावना दूत बन्दै

logo
प्रकाशित २०७६ कार्तिक १८ सोमबार
methode.jpg

बेलायती संसद्मा नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रवद्र्धन गरिने भएको छ । बेलायतस्थित हाउस अफ लर्ड्स (बेलायतको माथिल्लो सदन)मा भ्रमण वर्षको प्रचार प्रसार गर्न लागिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ ।

बेलायतको हाउस अफ लर्ड्समा भ्रमण वर्ष घोषणाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई बेलायत पुगिसकेका छन्  । मन्त्री भट्टराईसँगै भ्रमण वर्ष सचिवालय र नेपाल पर्यटन बोर्डका पदाधिकारीको पनि सहभागिता रहेको छ ।

प्रत्येक वर्ष हुने वल्र्ड ट्राभल मार्केट (डब्लूटीएम) को अवसरमा बेलायतमा आउँदो यही कात्तिक २१ गते हुने नेपाल भ्रमण वर्ष प्रवद्र्धनका लागि विशेष कार्यक्रम राखिएको सचिवालयले जनाएको छ । विश्वकै ठूलो ‘ट्राभल सो’ मानिएको यो मेला आजदेखि शुरु भएको छ । तीन दिनसम्म चल्ने मेलामा नेपालको समग्र पर्यटन प्रवद्र्धनका सामग्री तथा खानाका परिकारको समेत प्रदर्शनी गरिने बोर्डले जनाएको छ ।

कार्यक्रमको मुख्य आकर्षण नेपालको पर्यटन विकास तथा प्रवद्र्धनमा योगदान दिने बेलायती नागरिकहरुलाई ‘दी हिमालयन ट्राभल अवार्ड २०१९’ बाट सम्मान गर्ने कार्यक्रम रहेको छ ।

बेलायती चर्चित अभिनेत्री, लेखक तथा अभियानकर्मी जोआन्ना लुम्ले, भारतीय मूलका बेलायती राजनीतिज्ञ सन्दिपकुमार बर्मा र भारतीय मूलकै बेलायती धनाढ्य व्यापारी गोपीचन्द परमानन्द हिन्दुजालाई नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै लामो समयदेखि नेपालमा पर्यटकहरु पठाउने प्रमुख बेलायती टुर अपरेटरहरुलाई कदर पत्र प्रदान गर्ने कार्यक्रमसमेत रहेको छ । अवार्ड तथा कदरपत्र मन्त्री भट्टराईले वितरण गर्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ