arrow

बेलायतमा ३९ जना मारिएको घटनामा छानविन गर्न आठ जना पक्राउ 

logo
एएफपी,
प्रकाशित २०७६ कार्तिक १८ सोमबार
39-dead-body-london.jpg

हनोइ। बेलायतमा ३९ जनाको शव भेटिएको घटनाका बारेमा अनुसन्धान गर्न भियतनामी प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। मारिएका सबै जना भियतनामी भएको बेलायती प्रहरीले विश्वास गरिरहेका बेला भियतनामी प्रहरीले घटनासँग सम्बन्धित भएको आशंकामा ती आठ जनालाई पक्राउ गरेको हो। बेलायतको राजधानी लण्डनदेखि पूर्वतिर पर्ने ग्रेज एसेक्समा औद्योगिक क्षेत्रमा फ्रिजयुक्त कन्टेनरभित्र ती ३९ शव फेला परेको थियो।

गत अक्टोबर २३ मा भेटिएका शवमध्ये ३१ पुरुष र आठ महिलाको रहेको अधिकारीहरुले जनाएका छन्। मृत्युको कारण पत्ता लगाउन शव परीक्षण भइरहेको जनाइएको छ। शुरुमा उनीहरु चिनियाँ भएको विश्वास गरिएको बेलायती प्रहरीले पछि भने भियतनामी भएको विश्वास व्यक्त गरेको छ।

तर उनीहरुको अनुसन्धान भइरहेकाले घटनाको यथार्थ विवरण र मृतकहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। भियतनामको राज्यद्वारा सञ्चालित टेलिभिजनसँगको कुराकानीका क्रममा भियतनामी एक प्रहरी अधिकारीले घटना निकै पिडादायक भएको सोमबार बताए। भियतनामी समाचार संस्थाले पनि उनीहरु पक्राउ परेको पुष्टी सहितको समाचार सम्प्रेषण गरेको छ। 

यसअघि शवहरू फेला परेपछि उत्तरी आयरल्याण्डका ट्रक चालक मोरिस रबिन्सनलाई पनि बेलायती प्रहरीले पक्राउ गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ