arrow

घिमिरेलाई दधिराज साहित्य र भण्डारीलाई दधिराज पत्रकारिता पुरस्कार 

logo
प्रकाशित २०७६ कार्तिक १९ मंगलबार

विराटनगर । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने रु ५१००० राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७६’ चार दशकभन्दा बढी समयदेखि नेपाली भाषा साहित्यको कविता विधामा दिएको योगदानका लागि कवि डा विष्णुविभु घिमिरेलाई र रू २५००० र पच्चीसहजार राशिको दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ तीनदशक भन्दा बढी समयदेखि मोफसलमा रही पत्रकारिताको क्षेत्रमा विशेष योगदान दिएकाले पत्रकार मोहन भण्डारीलाई प्रदान गर्ने निर्णय गरिएको छ । 

साहित्यकार घिमिरेका कठघरामा उभिएर (कविता), काँडाकाँडामा टेकेर (कविता), सडकनाटकका पाँच वर्ष (समीक्षा) संग्रहहरु प्रकाशित छन् भने उनी सुरुचि, गरिमा, विमोचन जस्ता प्रसिद्ध पत्रिकाहरुका सम्पादकसमेत भइसकेका छ्न् । 

पत्रकार भण्डारी विराटनगरबाट प्रकाशित हुने उदघोष दैनिकका प्रधान सम्पादक हुन् । यसअघि उक्त पुरस्कार साहित्यकारहरू, प्रा डागोविन्दराज भट्टराई , प्राडाअभि सुवेदी, प्राडा माधवप्रसाद पोखरेल र पत्रकारत्रय हरिबहादुर थापा, शिववहादुर कार्की र किशोर नेपाललाई प्रदान गरिएको थियो ।

समालोचक प्राज्ञ सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको रू १५ लाख अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिन्छ ।

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । पुरस्कार आगामी फाल्गुन महिनामा समर्पण गरिने दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छोले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ