arrow

हेपोनमा विवाद

logo
प्रकाशित २०७६ कार्तिक १९ मंगलबार
hepon.jpg

काठमाडौं । नेपाली कांग्रेसको स्वास्थ्यकर्मीहरुको शुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघ (हेपोन) मा चुनावको विषयलाई लिएर विवाद भएको छ । संघका अध्यक्षका कारण चुनावसमेत नहुने अवस्था हुँदै गएको आरोप लागेको छ । 

ट्रेड युनियन कांग्रेससंग समेत आवद्ध रहेको हेपोनको सातौं अधिवेशन तयारीको लागि गत साउन ४ गतेको केन्द्रीय बैठकले सहअध्यक्ष समितिका संयोजक रहने गरी सम्पूर्ण कार्य विवरणसहित कृष्णप्रसाद नागिलालाई तयारी समितिको संयोजक रहने गरी समिति निर्माण गरेको थियो ।

तर समितिलाई कुनै काम गर्न नदिएपछि वाध्य भएर नागिलाले राजीनामा दिएका थिए । अधिवेशन तयारीका सबै उपसमितिहरू गठन गरी स्थान, मिति, प्रमुख अतिथि बोलाउने निर्णय गरिसकेपछि समितिले अध्यक्ष रामजी घिमिरेसंग आवश्यक रकम, काम गर्ने जनशक्ति, प्रतिनिधि लिष्ट मागेको थियो । त्यसपछि अध्यक्ष घिमिरे सम्पर्कविहीन भएको भन्दै समिति संयोजकले असोज ३० गते राजीनामा दिएका थिए ।  

समितिले अधिवेशन तयारीका लागि केन्द्रीय समितिमा कार्यालय सञ्चालनका लागि कम्प्युटर सहयोगी, अधिवेशन प्रतिनिधिको नामावली र अधिवेशन सम्पन्न गर्न खर्चको लागत अनुमान पेस गर्दा पनि अध्यक्षले सुनुवाइ नगरेको नागिलाको राजीनामा पत्रमा उल्लेख छ।

अधिवेशन संयोजक नागिलाको राजिनामापछि संघको अधिवेशनसमेत प्रभावित हुने भएको छ। संघको यही कात्तिक २२ र २३  गते काठमाडौंमा अधिवेशन मिति तय भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ