arrow

चीनको ग्रामिण क्षेत्र गरिबीतिर फर्किंदै

logo
प्रकाशित २०७६ कार्तिक १९ मंगलबार
china_map.jpg

एजेन्सी। अमेरिकासँगको व्यापार तनावका कारण चीनमा शहर र ग्रामिण क्षेत्रको आर्थिक दुरी बढ्दै गएको छ। चीनका ग्रामिण क्षेत्रका कृषकहरुको जीवन कष्टकर बन्दै गएको चीनको कृषी मन्त्रालयले गरेको एक अध्य्यनले देखाएको छ।

बेईजिङस्थित कृषी व्यवसायका परामर्शदाताले दिएको जानकारी अनुसार सन् २०१४देखि चीनका कृषकहरुको आर्थिक स्थिती खस्किदै गए पनि सन् २०१९को पछिल्लो ६ महिनामा उक्त क्रम २०%ले बृद्धी भएको छ।

‘अहिलेको स्थति आशलाग्दो छैन। ग्रामिण क्षेत्र गरिबीतिर फर्किने क्रम तिव्र गतीमा बढिरहेको छ।‘ कृषी व्यवसाय परामर्शदाता मा वानफेङले बताएका छन्। माको परामर्शदाता कम्पनीले बेईजिङस्थित कृषी मन्त्रालयसँग काम गर्ने गरेको छ।

चीनका राष्ट्रपति सी चिन फिङ्ले आउँदो बर्षमा गरिबी पूर्ण रुपमा समाप्त पार्ने घोषणासंगै यस्तो रिपोट सार्वजनिक भएको हो। हङकङस्थित साउथ चाइना मर्निङ पोष्टले लेखेको छ।

सन् २०१२ देखि २०१८ सम्म चीनले ८ करोड ग्रामिण क्षेत्रको गरिबी हटाएको सरकारी मिडिया सिन्ह्वाले जनाएको छ। बिगत ४० बर्षमा ७० करोड चिनियालाई गरिबीको रेखामुनीबाट बाहिर निकालेको सिन्ह्वाले दाबी गरेको छ।

बिगत २८ बर्षमा चीनको ग्रामिण क्षेत्रको आर्थिक प्रगती न्युन रहेको जनाईएको छ। अमेरिकासँगको व्यापार तनावले गर्दा ग्रामिण क्षेत्रको आर्थिक बृद्धिदर न्युन रहेको बताईएको छ।

चीन सरकारको राम्रो नियतले मात्र ग्रामिण क्षेत्रको प्रगती हुन नसक्ने प्रष्ट भएको छ। ग्रामिण क्षेत्र र शहरको आर्थिक भिन्नता गहिरिंदै गएकाले पनि सरकारले चाहेको जस्तो प्रगती पाउन सकिरहेको छैन।

चीनको सरकारी तथ्याङ्क अनुसार ग्रामिण क्षेत्रको प्रतिव्यक्ति आय २०१८को तुलनामा २०१९मा घटेको छ। सन् २०१८मा १ सय ४५ डलर प्रतिव्यक्ती आय रहेकोमा २०१९मा उक्त आय घटेर १ सय १४ डलर पुगेको छ।

चीनमा कृषकको आय नबढ्नुमा जमिनमाथिको अधिकार कृषकमा नहुनु पनि कारण हुन सक्ने औंल्याईएको छ। चीनमा सबै जमिनमा सरकारको स्वामित्व हुने गर्छ । कृषकले जमिन ३० बर्षकालागि ठेक्कामा पाउँछन। हरेक ३० बर्षमा उक्त  ठेक्का नविकरण गर्नु पर्ने नियम रहेको छ।

‘सरकारको पहिलो प्राथमिकता कसरि उब्जनी धेरै गर्ने र बेच्ने रहेको परिप्रेक्षमा कृषकका समस्याहरु गौण हुन पुगेका छन्।‘ परामर्शदाता माले भने।

‘कृषी कर्म गर्नेहरुलाई समाजको सबैभन्दा तल्लो स्तरका रुपमा हेरिन्छ । हामीले उनीहरुलाई बराबर अधिकार जस्तै शिक्षा, उपचार, पेन्सन जस्ता सुविधा दिने हो भने कृषकहरुको जीवन सहज हुने थियो।‘ माले भने।

हेनान प्रान्तका एक कृषकले परिचय नखोल्ने सर्तमा भने ‘ म बदाम खेतीबाट बार्षिक रुपमा ७ सय ७ अमेरिकी डलर कमाउँछु जुन पैसाले मलाई र मेरो परिवारलाई हातमुखको जोहो मात्र हुन्छ । परिवारमा कोही बिरामी नपरुन् भनेर सोच्नु पर्ने स्थिती छ।‘

‘हामीसँग पैसा छैन। अहिलेको पुस्ताका कृषकहरुको सन्तान छन्। उनीहरुको पढाईकालागि खर्च छैन्।‘  ७० बर्षिय माले भने।

‘उत्तर कोरिया हामी भन्दा धेरै पछाडि छ तर शिक्षा स्वास्थ्य सबै निशुल्क छ। के हामीले शिक्षा स्वास्थ्यका लगि पैसा तिर्न सक्षम छौं?’ उनले सोधे।

धेरै अर्थशास्त्रीहरुले चीनको जमिन सम्बन्धी नितीका कारण ग्रामीण क्षेत्रमा समस्या रहेको बाताएका छन्। चीनले सन् १९५०मा बनाएको जमिन सम्बन्धी नीति परिवर्तन गर्ने बेला भएको उनीहरुको राय छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ