arrow

अमेरिकी विशेषबलको कारबाहीमा मारिएका बग्दादीकी दिदी पक्राउ

logo
प्रकाशित २०७६ कार्तिक १९ मंगलबार
baghdadi.jpeg

इस्तानबुल । इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहका पूर्वप्रमुख अबु बकर अल बग्दादीकी दिदीलाई उत्तरी सिरियाबाट पक्राउ गरिएको टर्कीले मङ्गलबार जनाएको छ । अमेरिकी विशेषबलले सिरियाको इद्लिब प्रान्तमा गरेको एक सुरक्षा कारबाहीमा अल बग्दादी मारिएका थिए ।

उत्तरी सिरियाको अजाजनगर नजिकैबाट अल बग्दादीकी ६५ वर्षीया दिदी रस्मिया अवादलाई मङ्गलबार पक्राउ गरिएको टर्कीको सरकारी स्रोतले नाम नबताउने शर्तमा एएफपी समाचार समितिलाई बताएको छ ।

हाल टर्कीको नियन्त्रणमा रहेको उक्त शहर सिरियाको अलेप्पो प्रान्तमा अवस्थित छ । अजाज नगरमा अवाद आफ्ना पति र परिवारका अन्य सदस्यसहित बस्दै आएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ