arrow

नेपाल सद्भावना पार्टीको महाधिवेशन सुरु

अध्यक्षमा अनिल झाको एकल उम्मेद्वारी

logo
प्रकाशित २०७२ चैत २६ शुक्रबार
sadbhawana-parti-new.jpg.jpeg
जनकपुर । नेपाल सद्भावना पार्टीको छैटौं महाधिवेशन जनकपुरधामको मारवाडी सेवा समितिमा सुरु भएको छ । महाधिवेशनको उद्घाट्न सत्र सकिएर बन्द सत्र सुरु भएको छ। बन्द सत्रमा तराईका २१ र पहाडका ३ जिल्ला गरी २४ जिल्लाका महाधिवेशन प्रतिनीधिले छलफलमा भाग लिएका छन् । बन्द सत्रमा पार्टीको विधान संशोधन घोषणापत्र र राजनीतिक दस्तावेजबारे छलफल हुने छ ।
 
२४ जिल्लाका ८ सय ९१ प्रतिनीधिले नयाँ नेतृत्व चयनका लागि जनकपुर पुगेका छन्। प्रारम्भिक जानकारी अनुसार पार्टीको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष अनिलकुमार झाको एकल उम्मेद्वारी परेको छ। यद्यपि, ६१ सदस्यीय नयाँ कार्यसमितिका लागि कति जनाको उम्मेद्वार परेको छ भन्नेबारे निर्वाचन समितिले यकिन गर्न बाँकी रहेको पार्टी महासचिव कौसलेन्द्र मिश्रले जानकारी दिए। दिउँसो ३ बजे सम्म मनोनयन दर्ता भएको उनले बताए । मिश्रका अनुसार पार्टी विधान अनुरुप ५० प्रतिशत निर्वाचित हुने र ५० प्रतिशत मनोनयन हुने व्यवस्था छ । 
 
तराइका २१ जिल्ला र पहाडका काडमाडौं, भक्तपुर र मकवानपुरबाट प्रतिनिधी तथा पार्टी कार्यकर्ताहरु जनकपुर पुगेका छन् । ३ सय जना पर्यवेक्षक मात्रै रहेको बताइएको छ । महाधिवेशन आइतबार सम्म चल्ने छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ