arrow

परम्परागत देउसीमा लठ्ठी ठोक्दै रमाए बिदेशी (भिडियो)

logo
प्रकाशित २०७६ कार्तिक १९ मंगलबार
deusi-dance.jpg

काठमाडौ । असाहय तथा टुहुरा बालबालिकाहरुको शिक्षामा सघाँउ पुर्याउने उदेश्यले अमेरिकाको नर्थ क्लारोलिनाको बिभिन्न ठाउँमा परम्परागत रुपको झल्को आउने गरि देउसी खेलिएको छ ।

लव एण्ड सपोर्टले आयोजना गरेको देउसीमा भुटानी मूलका नेपाली, लगायत चीन, अमेरिका, मेक्सिकन लगायतका विदेशीहरु समेत हातमा बाँसको लौरो बोकेर देउसी खेलेका थिए । परम्परागत देउसीमा बिदेशीहरु निक्कै रमाएका देखिन्थे ।

देउसीबाट करिव २५०० अमेरिकी डलर उठेको र सो रकम नेपाल र सिकिम्ममा रहेका असाहय र टुहुरा बालबालिकाको शिक्षामा खर्च गरिने लव एण्ड सपोर्टका फाउन्डर मनोज राईले बताए । देउसी कार्यक्रममा चर्चित कलाकार बुद्धबिर लामा समेत सहभागि भएका थिए ।

लव एण्ड सपोर्टले नेपालमा घाँसी नामक संस्थासग मिलेर असाहय बालबालिकाको शिक्षामा सहयोग गरिरहेको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ