arrow

फ्रान्सेली नागरिकले गरे विद्यालय भवनसंगै न्यानो कपडा सहयोग

logo
ओखलढुंगा समाचारदाता,
प्रकाशित २०७६ कार्तिक १९ मंगलबार
okhaldhungas.JPG

ओखलढुंगा । सिद्धिचण नगरपालिका वडा न ७ स्थित शेर्पा सामुदायीक आधारभुत विद्यालयका बालबालिका सधै भन्दा आज निकै खुसी देखिए । पढ्नका लागि विद्यालय आएका उनिहरुले जाडो मौसम सुरु भएसंगै विद्यालयमा न्यानो कपडा पाएपछि खुसी व्यक्त गरेका हुन् ।

 स्थानीय गोन्दा शेर्पाको पहल तथा सोलुखुम्बु निवासी पासाङ रिन्जी शेर्पाको सक्रियतामा फ्रान्सेली नागरिक बाट न्यानो कपडा तथा स्टेशनरीको सहयोग जुटेको हो । फ्रान्सेली नागरिक बाट विद्यालयमा अध्यानरत बालबालिका लाई न्यानो कपडाका साथ स्टेशनरी र खेलसामाग्री उपलब्ध भएको विद्यालयका प्रधानाध्यापक मैयादेवी दाहालले बताइन् । विद्यालयको स्वागत कार्यक्रममा आएका फ्रान्सेली नागरिकले बालबालिका संगै विद्यालय सेवा क्षेत्रका सबै अभिभावकलाइ समेत जाडोमा लगाउने न्यानो कपडा उपलब्ध गराएको दाहालले जानकारी दिइन् ।

शेर्पा सामुदाीयीक विद्यालयका ९१ जना विद्यार्थी र विद्यालय सेवा क्षेत्रका सम्पूर्ण अभिभावक, बुढाबुढी, केटाकेटी गरी ३ सय ८५ जनालाई न्यानो कपडा उपलब्ध गराएको बताइएको छ । फ्रान्सेलि नागरिकले सो बिद्यालयमा १८ लाख वरावरको ५ कोठे भवन अपलब्ध गराएको थियो । नगरपालिका भएरपनि दुर्गममा अवस्थित यस विद्यालयको भौतिक अवस्था अत्यान्त दयानीय रहेकाले आफ्नो पालामा विभिन्न दाताहरुलाई भित्र्याएर विद्यालयको चौतर्फी विकासमा लागी परेको प्रअ दाहालले बताएन् । विद्यालय भवन उपलब्ध गराउने यि दाताले आवश्यक फर्निचर र शौचालय समेत निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेको विद्यालयले जनाएको छ ।
   
 विद्यालय तथा सम्पूर्ण विगुटार बासीहरुमा सहयोग गरेमा विद्यालयका र विद्यालय सेवा क्षेत्रका नागरिकले फ्रान्सेली नागरीकहरुप्रती धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा आवश्यक थप सहयोगको अपेक्षा समेत गरेका छन् । विद्यालय ब्यबस्थापन समिति अध्यक्ष पासाङ शेर्पाको सभापतित्व तथा फ्रान्सेली नागरीकहरुको प्रमुख आतिथ्यतामा गरिएको स्वागत तथा सहयोग सामाग्री वितरण कार्यक्रममा उपस्थित सम्पूर्ण शिक्षक, विद्यार्थी तथा अभिभावकको मुहारमा खुसी छाएको थियो । दुर्गममा रहेको यो विद्यालय आधारभूत मध्य जिल्लाकै सबैभन्दा बढी विद्यार्थी संख्या रहेको विद्यालयका रुपमा परिचित छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ