arrow

च्याम्पियन्स लिगमा बार्सिलोना रोकियो, चेल्सी र आयाक्सबीच आठ गोल 

logo
प्रकाशित २०७६ कार्तिक २० बुधबार
messi-leonel.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति आठ खेल भएका छन् । स्पेनिश क्लब बार्सिलोनाले बराबरी खेल्दै अंक बाँडेको छ । बार्सिलोनाले स्लाभिया प्रागसंग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

लियोनल मेस्सी गोल गर्न असफल भएपछि बार्सिलोनाले सन् २०१८ को फेब्रुअरीपछि पहिलो पटक घरेलु मैदानमा बराबरी खेलेको हो । 

समूह एफको खेलमा यो बराबरी खेलेपछि चिन्ता थपिएको छ । समूहको अर्को खेलमा बोरुसिया डर्टमुन्डले इन्टरमिलानलाई ३–२ गोल अन्तरले हरायो । यो खेलपछि समूहमा ४ खेलबाट ८ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ । बोरुसिया ७ अंकसहित दोस्रो र इन्टर मिलान ४ अंकसहित तेस्रो स्थानमा छ । प्रागको २ अंक मात्रै छ ।

समूह एचको खेलमा इंगलिश क्लब चेल्सीले डच क्लब आयाक्ससंग ४–४ गोलको बराबरी खेल्यो । 

४–१ ले गोल अन्तरले पछि रहेको चेल्सीले उत्कृष्ट पुनरागमन गरेको थियो । तनावपूर्ण खेलमा आयाक्स ९ जना खेलाडीबाट खेल्नु परेको थियो । 

दोस्रो मिनेटमा टमी अब्राहमले आत्मघाती गोल गरेपछि आयाक्सले अग्रता बनाए पनि जोर्गिन्होले त्यसको २ मिनेटमै पेनाल्टीमा गोल गर्दै चेल्सीलाई बराबरीमा ल्याएका थिए ।

त्यसपछि आयाक्सले लगातार ३ गोल गर्यो । क्विन्सी प्रमिसले २० औं मिनेटमा गोल गरे । चेल्सीका किपा एरिजाबलागाले ३५ औं मिनेटमा आत्मघाती गोल गरे । भान डी विकले ५५ औं मिनेटमा चौथो गोल गरे । 

४–१ ले पछि परेको चेल्सी तनावमा आए पनि हिम्मत हारेन । ६३ औं मिनेटमा सेजर अजपिलिकुइताले दोस्रो गोल गरे । त्यसपछि आयाक्सका दुई खेलाडी डाले ब्लाइन्ड र जोल वेल्टमेनले रातो कार्ड खाएपछि आयाक्स ९ खेलाडीमा सीमित बनेको थियो ।

Daley Blind is shown a red card by Italian referee Gianluca Rocchi at Stamford Bridge

त्यसपछि राहतको स्वास फेरेको चेल्सीका लागि ७१ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा र त्यसको तीन मिनेटमै रिस जेम्सले चौथो गोल दिलाउँदै बराबरी गरेका थिए । 

यो समूहको अर्को खेलमा भ्यालेन्सियाले लिललाई ४–१ गोल अन्तरले हरायो । यो खेलपछि अंक तालिका रोचक बनेको छ । चौथो चरणको समाप्तिपछि आयाक्स, चेल्सी र भ्यालेन्सियाको ७ अंक भएको छ । लिल १ अंकबाट पुछारमा छ । 

अन्य खेलको परिणाम–
समूह ईबाट लिभरपुल २–१ गेन्क
नापोली १–साल्जबर्ग
समूह जीबाट जेनित ०–२ लेप्जिग
लियों ३–१ बेनेफिका


 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ