arrow

८६ मेगावाट क्षमताको सोलुखोला दुधकोशी आयोजना निर्माण सुरु

logo
प्रकाशित २०७२ चैत २६ शुक्रबार
sahas-urja.jpg.jpeg
काठमाडौ। साहस उर्जाले निर्माण गर्न लागेको ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोशी जलविद्यत आयोजना निर्माण कार्य सुरु भएको छ। आयोजनाको निर्माणकार्य अन्तर्गत सडक निर्माण लगायतका काम सुचारु भइरहेको तथा जग्गा खरिदको काम सकिइसकेको बताइएको छ।
निजी क्षेत्रबाट प्रबद्र्धित साहस उर्जा लिको सुक्रबार भएको दोस्रो बार्षिक साधारण सभामा सेयरधनीलाई सम्बोधन गर्दे काम सुरु भएको जानकारी साहस उर्जाका अध्यक्ष हिमप्रसाद पाठकले दिए।
 
अध्यक्ष पाठकले सभामा कम्पनीको वार्षिक प्रतिवेदन पेश गर्दै आयोजनाको कार्य प्रगतिका बारेमो सेयरधनीलाई जानकारी गराएका थिए । सो अवसरमा अध्यक्ष पाठकले आयोजना निर्माण गर्न आवश्यक लगानी जुटाउनका लागि नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा विभिन्न बैंकको सामुहिक लगानी (सहवित्तीयकरण) मार्फत कुल लागत ११ अर्व ८६ करोड रुपैयाको ७० प्रतिशत ऋण लिने प्रकृया अन्तिम चरणमा पुगेको समेत जानकारी दिए । 
 
बाँकि ३० प्रतिशत सेयर पुँजि संस्थापकबाट संकलन भैरहेको बताइएको छ । संस्थापक सेयर बापतको पैसा संकलनको काम पनि अन्तिम चरणमा पुगेको र चाँडै बन्द गर्ने पनि उहाँले जानकारी दिए । अध्यक्ष पाठकले संस्थापक सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले यही चैत महिनाको अन्तिम सम्म सेयर लगानी गर्न सक्ने र लगानी गरी सकेकाले थप लगानी गर्न सक्ने बताए ।
 
आयोजना निर्माण सुरुभएको तीन बर्षमा सकिने बताइको छ । साहस हाइड्रो कम्पनीले गुल्मी जिल्लामा ५ मेगावाटको माथिल्लो हुग्दि आयोजना निर्धारित समय भन्दा चाँडो र निर्धारित लागत भन्दा कम लागतमा सफलतापुर्वक सम्पन्न गरि उदाहरण समेत पेश गरिसकेको छ ।
कम्पनीको अनुमानित वित्तिय विवरण अनुसार आयोजना आर्थिक एवं प्राविधिक रुपम समेत राम्रो मानिन्छ । आयोजनाको प्रतियुनिट लागत २.७० रुपैया रहेको छ जुन अन्य आयोजनाको तुलनामा कम लागत रहेको यो आयोजनाबाट उत्पादित विजुली विद्युत प्राधिकरणलाई हिउदमा ८.४० रुपैया र बर्षायाममा ४.८० रुपैयाप्रतियुनिटमा विक्री गर्ने सम्झौता भैसकेको बताइएको छ ।
 
आयोजनाबाट सेयरधनीको लगानीमा वार्षिक ३१.४ प्रतिशत प्रतिफल (इक्विटीमा प्रतिफल वा रिर्टन अन इक्विटि) प्राप्त हुने अपेक्षा गरिएको छ । भने आयोजनाको लगानी ४.३३ बर्षमा उठि सक्ने बताइएको छ । निर्माण भैसकेपछि आयोजनाबाट दैनिक करिब एक करोड आम्दानी प्राप्त हुनेछ । कम्पनीले मूख्य संरचनाको काम सुरु गरेपश्चात सर्वसाधारणलाई सेयर जारी गर्ने प्रकृया अगाडि बढाउने बताइएको छ ।
 
वित्तीय संरचना अनुसार ७० प्रतिशत ऋण बाहेकको ३० प्रतिशत सेयर पुँजि मध्ये ४० प्रतिशत सर्वसाधारणमा सेयर निश्कासन गरी संकलन गरिने र ६० प्रतिशत संस्थापकको सेयर रहने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ