arrow

'महाराष्ट्रमा भाजपा र शिव सेनाकै सरकार बन्नुपर्छ'

logo
एएनआई,
प्रकाशित २०७६ कार्तिक २० बुधबार
bjp-sena.jpg

नयाँ दिल्ली। भारतको महाराष्ट्र राज्यमा केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र शिव सेनाले सरकार बनाउने देखिएको छ। निर्वाचनका बेला गठबन्धन गरेका यी दुई दलले सरकारमा पनि भागबण्डा गर्ने अनुमान गरिएको छ। केन्द्रीय मानव स्रोत विकास मन्त्री संजय साम्राओ धोत्रेले महाराष्ट्रका जनताले भाजपा र शिव सेनाको संयुक्त सरकार देख्न चाहेको बताए।

भाजपा र शिव सेनाका बीचमा शक्ति बाँडफाँडको विषयलाई लिएर विवाद भइरहेका बेला उनले दुवै मिलेर सरकार बनाउनु जनताको चाहना भएको बताएका हुन्।

“हामी निर्वाचनमासँगै थियौँ, त्यसैले महाराष्ट्रका जनताले हामी सरकारमा पनि सँगै भएको हेर्न चाहेका हुन,” उनले भने। उनले अहिले सामान्य विवाद र विमति जस्तो देखिए पनि अन्त्यमा दुवै मिलेर सरकार बनाउने विश्वास पनि व्यक्त गरे।

संयुक्त सरकार नबनाएमा जनताको अभिमतको बेवास्ता गरेको ठहरिने तर्क गर्दै उनले भाजपा र शिव सेनाको संयुक्त सरकारको विकल्प नभएको दाबी पनि गरे। उनले आज, भोलि मात्र नभई अरू २५ वर्ष भाजपा र शिव सेनासँगसँगै रहने उनको भनाइ छ।

केही हप्ता अगाडि भएको निर्वाचनमा भाजपाले एक्लै १०५ सिटमा जित हासिल गरेर सबैभन्दा ठूलो पार्टी बनेको छ भने शिव सेना ५६ सिटमा विजयी भएको छ। कूल २८८ सिटका लागि भएको निर्वाचनको नतिजा गत अक्टोबर २४मा घोषणा गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ