arrow

वेलकम एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्ग २५औं वर्षमा प्रवेश

logo
प्रकाशित २०७२ चैत २६ शुक्रबार
welcomepa.jpg.jpeg
काठमाडौ ।  नेपाली विज्ञापन क्षेत्रमा एजेन्सीको रुपमा विगत २४ वर्षदेखि  कार्यरत वेलकम एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्ग प्रा.लि. ले आफ्नो स्थापना कालको २५ औं वर्ष प्रवेशको अवसरमा चैत २३ गते आफ्नै कार्यलय परिसरमा एक भव्य कार्यक्रम गरेको छ ।
 
कार्यक्रमका अवसरमा नेपाली विज्ञापन संघ (आन) का पूर्व अध्यक्ष एवं वेलकम एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्ग प्रा.लि. का प्रबन्ध निर्देशक निर्मलराज पौडेलले विगत लामो समयदेखि विभिन्न आरोह अवरोहहरु पार गर्ने क्रममा नयाँ खालका अवधारणा एंव प्रविधिलाई आत्मसात गर्दै वेलकम  निरन्तर व्यवसायिक सफलताको मार्गमा उन्मुख रहेको र कमिशनमा काम गर्ने एजेन्सी मात्र नभई विभिन्न सहायक संस्थाहरुसहित एउटा जिम्मेवार संस्था हुन पाएकोमा आफूहरु गौरवान्वित भएको बताए ।
 
सोही अवसरमा संस्थाकी वित्तय निर्देशक तथा वेलकम ग्रपअन्तर्गतको सामाजिक संस्था एड्माएर नेपालकी अध्यक्ष नीता पौडेलले विगत २४ वर्षदेखि वेलकम एड एजेन्सीबाट शुरुवात भएर वेलकम इभेन्ट, वेलकम वेडिङ्ग, सि.ई.ओ. हुँदै समय सापेक्ष परिमार्जित भएर आज वेलकम ग्रुपमा परिणत भएकोमा आफूहरु निकै उत्साहित भएको कुरा व्यक्त गरिन् ।
 
साथै वेलकम एड एजेन्सीका मिडिया डाइरेक्टर जे.बि. विष्टले आफूहरु यो स्थानसम्म आइपुग्नका लागि सम्पूर्ण मिडिया, उद्योग व्यवसायी लगायत सम्पूर्ण शुभचिन्तकहरुको प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ रहेकोले सबैबाट प्राप्त सहयोग, सद्भाव एवं सद्विश्वासप्रति हार्दिक कृतज्ञता ब्याक्त गरे ।
 
वेलकम ग्रुप अन्तर्गत वेलकम एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्ग प्रा.लि., वेलकम इभेन्ट म्यानेजमेन्ट, वेलकम वेडिङ्ग इभेन्ट, सि.ई.ओ. मासिक अंग्रेजी पत्रिका, वेलकम ए.भि. प्रोडक्शन, सामाजिक हितका लागि कार्यरत एड्माएर नेपाल, वेलकम डेभलपर्स् लगायतका संस्थाहरु क्रियाशिल रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ