arrow

हेपोनको अधिवेशन कार्तिक २२ र २३ मा, चुनाव हुने निश्चित 

logo
प्रकाशित २०७६ कार्तिक २१ बिहिबार
hepon.jpg

काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघ (हेपोन) को सातौं अधिवेशन हुने निश्चित भएको छ । संघको अधिवेशन २२ र २३ गते गर्ने निर्णय भएको छ।

संघको अधिवेशन काठमाडौंमा नै हुनेछ । अधिवेशनका लागि देशभरबाट ६ सय ५० प्रतिनिधि काठमाडौंमा उपस्थित हुनेछन् । संघमा अहिले १८ हजार भन्दा बढी क्रियाशील सदस्य रहेका छन्। उनीहरुका तर्फबाट प्रतिनिधित्व गर्दै ६ सय ५० प्रतिनिधि राजधानी आउने छन्।

यी प्रतिनिधीहरुले संघको नयाँ कार्यसमिति चयन गर्नेछ। 

पटक पटकको छलफल र वार्तापछि संघ अधिवेशन गर्ने निर्णयमा पुगेको हो।  अध्यक्ष रामजी घिमिरेले संघमा दुवै कार्यकाल मनपरी गरेको र जथाभावी रुपमा सदस्य थप गरेको भन्दै सदस्यहरुले आपत्ति जनाउँदै आए पनि अन्तत उनी चुनाव गराउन अग्रसर भएका हुन् । 

उनीमाथि विदेशबाट आएको रकम हिनामिना गरेको आरोप विपक्षीले लगाएका छन् । उनीमाथि स्वास्थ्य विभागमा छँदा भ्रष्टाचार गरेको आरोपमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ