arrow

चौलागाईं प्रतिष्ठानमा होमनाथको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

logo
प्रकाशित २०७२ चैत २६ शुक्रबार
photo-1.JPG.jpeg

काठमाडौ । नेपालभरका भारद्धाज गोत्रिय चौलागाईंहरुको छातासंगठन चौलागाईं प्रतिष्ठानको छैठौं साधारण सभाबाट होमनाथ चौलागाईंको अध्यक्षतामा कार्यसमिति निर्वाचित गरेको छ ।

त्यसैगरी प्रथम उपाध्यक्षमा बद्रीप्रसाद चौलागाई, दृतीय उपाध्यक्षमा ज्ञानेन्द्र चौलागाईं र तृतीय उपाध्यक्षमा प्रेम चौलागाईं निर्वाचित भएका छन् । महासचिवमा रमेशप्रसाद चौलागाईं र कोषाध्यक्षमा अर्जुन चौलागाईं निर्वाचित भएका छन् भने सचिवमा देवेन्द्र चौंलागाईं निर्वाचित भएका छन् । सदस्यहरुमा बिन्दादेवी चौंलागाईं, मेघप्रसाद चौलागाईं, चन्द्रकुमार सिके चौलागाई, ऋतुप्रसाद चौलागाईं, मेघराज चौलागाईं, चन्द्रमणी चौलागाई, शोभा चौलागाईं निर्वाचित भएका छन् ।

बिहिबार भक्तपुरको लोकन्थली स्थित दिब्यश्वरी पार्टी प्यालेसमा सम्पन्न साधारण सभाले प्रतिष्ठानको प्रचलित बिधानका केही बुँदा संशोधन प्रस्ताव, महासचिवले प्रस्तुत गरेको सांगठनिक प्रतिबेदन, कोषाध्यक्षको आर्थिक प्रतिबेदन, बिगत ३ आर्थिक बर्षहरुका लेखपरीक्षण प्रतिबेदन पारित गर्नुका साथै आगामी ३ बर्षे कार्यकालका लागि १४ सदस्सिय कार्यसमितिको निर्बाचन गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ