- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारी हिमपातका कारण जम्मू–कश्मीरमा दुई सुरक्षाकर्मीसहित छ जनाको ज्यान गएको छ । बुधबारदेखि निरन्तर परेको हिमपातले जनजीवन अस्तव्यस्त बनेको छ । हिमपातकाबीच भएको घटनामा दुई सेनासहित छ को ज्यान गएको हो ।
श्रीनगर एयरपोर्टका सबै उडान कम भिजिबिलिटीका कारण रद्द भएका छन् । श्रीनगर–जम्मू हाइवे बन्द भएको छ ।
श्रीनगरको लानगेट इलाकामा सेनाको गाडी दुर्घटना हुँदा राइफलम्यान भीम बहादुर र अखिलेस कुमारको मृत्यु भएको हो । भीमबहादुर कहाँका हुन् भन्ने खुलेको छैन ।
कुपवाडामा हिमपहिरोमा परी दुई जनाको ज्यान गएको छ । श्रीनगरमा विद्युत विभागका एक कर्मचारी र हबाक इलाकामा एक व्यक्तिको ज्यान गएको छ ।
मौसम विभागले श्रीनगरमा अझै २४ घण्टा सचेत हुन आग्रह गरेको छ । पीर पंजालमा रजौरी स्थित मुगल रोड बन्द भएको छ । श्रीनगर हाइवेमा करीब २ हजार सवारी साधन फसेका छन् ।