arrow

रोहितको कप्तानी इनिङले जिताए टिमलाई

रोहितको नाममा कीर्तिमानै कीर्तिमान

logo
प्रकाशित २०७६ कार्तिक २१ बिहिबार
rohit-sharma1.jpg

काठमाडौं । भारतीय क्रिकेट कप्तान रोहित शर्माले कप्तानी इनिङ खेल्दै भारतलाई जिताएका छन् । राजकोटमा बंगलादेश विरुद्धको दोस्रो टी–२० क्रिकेटमा रोहितले ४३ बलमा ६ छक्का र ६ चौकाको मद्दतले ८५ रन बनाएर टिमलाई जिताएका हुन् । 

रोहितले एक सयौं खेल खेलेका हुन् । उनले १०० औं टी–२० मा १८ औं हाफ सेन्चुरी पनि हानेका छन् । यो उनको दोस्रो तीव्र गतिको अर्ध सतक पनि हो । 

उनले २३ बलमा अर्धसतक बनाएका थिए । यसअघि सन् २०१६ मा उनले वेष्ट इन्डिजविरुद्ध लाउडरहितमा २२ बलमा अर्धसतक पुरा गरेका थिए । 

सयौं टी–२० खेल्ने रोहित भारतका एक्ला पुरुष खेलाडी हुन् । उनीपछि महेन्द्र सिंह धोनीले ९८ खेल खेलेका छन् । महिलातर्फ हरमनप्रित कौरले १०० खेल खेलिसकेकी छिन् । 

१५४ रनको लक्ष्य भारतले १५.४ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गरेको हो । शिखर धवनले ३१ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले ६ विकेटको नोक्सानीमा १५३ रन बनायो । 

मोहम्मद नैमले ३६ रन बनाए । कप्तान महमुल्लाह र सौम्य सरकारले ३०–३० रन बनाए । युजभेन्द्र चाहालले २ विकेट लिए । 

यो जितपछि ३ खेलको सिरिजमा भारतले १–१ को बराबरी गरेको छ ।  पहिलो खेल बंगलादेशले ७ विकेटले जितेको थियो । बंगलादेशले टी–२० का त्यसअघिका सबै ८ खेल भारतसंग हारेको थियो । तेस्रो खेल नागपुरमा आइतबार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ