- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तको लरकानास्थित विश्वविद्यालयकी छात्रा निमृता कुमारीको संदिग्ध अवस्थामा भएको मृत्युका विषयमा नयाँ खुलासा भएको छ ।
अन्तिम रिपोर्टका अनुसार पंखामा झुण्ड्याएर हत्या गर्नुअघि उनको बलात्कार भएको थियो ।
पाकिस्तानी समाचार एजेन्सी डनका अनुसार निमृता कुमारी आफ्नो छात्रावासको कोठामा मृत अवस्थामा पाइएकी थिइन् ।
रिपोर्टले उनको हत्याअघि यौन उत्पीडन गरिएको थियो । पुलिसका सर्जन डा अहमद अब्बासीले डनलाई बनाए अनुसार अन्तिम पोष्टमार्टम रिपोर्ट अनुसार छात्राको पहिले बलात्कार भएपछि मात्र घाटी दबाएर हत्या भएको थियो ।
जाँचमा छात्राको शरीरमा पुरुष डीएनए भएको पुष्टि भएको छ । उनको कपडामा वीर्यको अवशेष समेत मिलेको बताइएको छ ।
यसअघि उनका भाइ विशालले आफ्नी बहिनीको हत्या भएको बताएका थिए । उनका भाइले बहिनीको जीवनमा कुनै तनाव नभएको र बिरामी पनि नभएको भन्दै हत्या नै भएको दावी गरेका थिए ।
कुमारीको शव गत १६ सेप्टेम्बरको लरकानास्थित शहीद मोहतरमा बेनेजिर भुट्टो मेडिकल युनिभर्सिटीको छात्रावासमा उनको कोठामा पंखामा झुण्डिएको अवस्थामा फेला परेको थियो ।