arrow

स्वास्थ्य विषयको परीक्षा दिन जाँदा बाटोमै सुत्केरी

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७२ चैत २६ शुक्रबार
Bajhang-hamrakura.jpg.jpeg
बझाङ । प्रवेशिका परीक्षा(एसएलसी) दिन आउँदै गर्दा बाटोमै एक जना विद्यार्थी सुत्केरी भएकी छन् । जयपृथ्वी नगरपालिका १४ की १९ वर्षीया लक्ष्मी देवी जोशी बाटैमा सुत्केरी भएकी हुन् । जालपा परीक्षा केन्द्रमा परीक्षा दिइरहेकी जोशीले परीक्षाको अन्तिम दिन स्वास्थ्य  विषयको परीक्षा दिन घरबाट आउँदै गर्दा बीच बाटोमै सुत्केरी व्यथा लागे पछि परीक्षा दिन आएका विद्यार्थीले आफन्तलाई जानकारी दिएका स्थानीय दिपक जोशीले जानकारी दिए ।
 
जानकारी दिएको लागत्तै जोशीले छोरी पाएकी छन् । सुत्केरी भएपछि जोशीले स्वास्थ्य विषयको परीक्षा समेत दिन पाइनन् । सुत्केरी भएपछि लक्ष्मीको सट्टामा परीक्षा दिने अर्को व्याक्तिलाई लिएको भएपनि केन्द्राध्यक्षले स्वयं व्यक्ति नै उपस्थित भएपछि मात्र परीक्षा अर्को व्याक्तिले दिन पाउने भनेपछि उनको स्वास्थ्य विषयको परीक्षा छुटेको छ ।
 
जिल्ला शिक्षा अधिकारी मदन थापाले परिक्षार्थी आउन नसकेकाले उनको परीक्षा छुटेको बताए । बझाङ जिल्लामा १३ वटा परीक्षा केन्द्रमा  नियमित र एक्जामटेड गरी जम्मा ५ हजार ८ सय ५० जना परीक्षार्थीले परीक्षा दिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ