arrow

फुल कन्ट्याक्ट कराते सुरु, सुजाता र शान्ति क्वार्टरफाइनलमा

logo
प्रकाशित २०७२ चैत २६ शुक्रबार
karate-Sport-@.jpg.jpeg
काठमाडौं । सुजाता राई, शान्ति थापामगर, लक्ष्मी मल्ल ठकुरी र दिपा शाही, अम्बिका भुजेल, सुनिता गुरुङ्ग, झल कुमारी महतो र विन्दु पुनमगर “१४ औं राष्ट्रिय पुरुष तौल समूह तथा १३ औं राष्ट्रिय महिला खुल्ला फुल कन्ट्याक्ट कराते प्रतियोगिता” महिला खुला तर्फ शुक्रबार क्वार्टरफाइनलमा पुगेका छन् । 
 
नेपाल क्योकुशिन कराते डो संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५० केजी तौलमा संजय राई, बृजेश गुप्ता, शक्ति माकिम मगर, अनिल बराम, समिर तामाङ, अर्जून बराम, दामोदर बस्नेत र समा कुमार कुस्वान पनि आ–आफ्ना प्रतिद्वन्दिलाई पाखा लगाउंदै क्वार्टरफाइनलमा स्थान बनाउन सफल भए ।
 
राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको प्रतियोगिताको ६० केजी माथीको हेभि वेट तौल समूहमा विरमान लामा, दूर्गा राज पाण्डे, हिमाल खत्री, सनि सिंह, दिनेश खड्का, गोपी राम साङ्गताङ्ग, मनिष तामाङ, मिन कुमार तामाङ, राजीव शाही, रुपक नेपाली, विवेह मेहता, मन्दिप रानामगर, झनक शाही, कुञ्जन श्रेष्ठ, नितेश जानन्धर र सन्तोष चौधरी शीर्ष १६ मा प्रवेश गरेका छन् ।
 
यस्तै ६० केजी तौलमा विकेश महर्जन, उज्वल रानामगर, बशन्तो लिम्बु, अमर तामाङ्ग, गोरख बहादुर नगरकोटी, सरोज तामाङ्ग, प्रज्वल खड्का, गणेश अधिकारी, केशव दराई, विनोद थापा, मनोज थपलिया, रोशन खत्री, विक्रम क्षेत्री, सन्तोष कुमार लामा, टंक तामाङ्ग र सुजन देउला पनि प्रिक्र्वाटरफाइनलमा पुगेका छन् । 
 
दुई दिने प्रतियोगितामा पुरुष तर्फ ६० र महिला तर्फ ३० खेलाडीहरु गरि ९० खेलाडीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले एक कार्यक्रमविच पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गरे ।
चन्दले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारालाई यस खेलले यथार्थमा परिणत गर्न सफल हुने छ भन्ने विश्वास व्यक्त गरे । उनले खेलाडीहरु अनुशासित र स्वस्थ हुने भएकाले राष्ट्रका अन्य निकाय र व्यक्तिहरुले पनि यसबाट पाठ सिक्नु पर्नेमा जोड दिए । प्रतियोगितामा पहिलो, दोश्रो, तेश्रो र उत्कृष्ट खेलाडीहरुले क्रमश १० हजार, ५ हजार, २५ सय र  एक हजार तथा काता तर्फ पहिलो, दोश्रो र तेश्रोले ५ हजार, २५ सय र एक हजारका साथै शिल्ड, मेडल, प्रमाण पत्र प्राप्त गर्ने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ