arrow

१५ वर्षदेखि बेरोजगार युवकले जिते २७ करोड डलरको लोटरी

logo
प्रकाशित २०७६ कार्तिक २२ शुक्रबार
money-dollar.jpg

काठमाडौं । अमेरिकामा एक युवकले २७ करोड डलरको लोटरी जितेका छन् । शुरुमा उनले लोटरीको टिकट नै हराएका थिए । तर, एक अपरिचितको सहयोगमा उनले सो टिकट हात पारेका थिए ।

न्यु जवसीको फिल्सवर्ग शहरमा १५ वर्षदेखि बेरोजगारीको सामना गरिरहेका माइकल जे वियरस्कीले एक पसलबाट लोटरीको टिकट खरिद गरेका थिए । त्यतिबेला उनको ध्यान मोबाइल फोनमा थियो, जसको कारण उनले सो टिकट पसलमा नै छाड्न पुगे ।

घरमा आएर खोज्दा टिकट नपाएपछि उनी पसलमा गएका थिए । त्यहाँ एक अपरिचितले पसलेलाई सो टिकट फिर्ता गरिदिएको खुलेको थियो । तर, माइकललाई पनि लामो सोधपुछपछि सो टिकट फिर्ता गरिएको थियो ।

माइकलका अनुसार उनले टिकट लिएको दिन नै लोटरीको ड्र हुने कार्यक्रम थियो । उनलाई ड्र निस्किएको २ दिनपछि मात्र उनले ड्रको बारेमा जानकारी पाएका थिए । १५ वर्षदेखि बेरोजगार रहेका उनी त्यसयता आफ्नी पूर्वपत्नीले दिएको पैसाको भरमा रहँदै आएका थिए ।

अमेरिकी लोटरीको कानुन अनुसार टिकट फिर्ता दिने अपरिचित व्यक्तिले सो टिकट पेश गरेको खण्डमा उनैले सो रकम पाउने थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ