arrow

नवाज शरीफ उपचारका लागि विदेश जाने अनुमति खोज्दै

logo
एएफपी,
प्रकाशित २०७६ कार्तिक २३ शनिबार
nawaz_sarif.jpg

इस्लामावाद, पाकिस्तान। पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफको परिवारले उनलाई विदेश भ्रमणमा लगाइएको रोकलाई उपचारका लागि खुला गर्न सरकारसंग अनुरोध गरेका छन्।

भ्रष्टाचार आरोपमा जेल विताइरहेका समय गत महिना हृदयघात भएपछि उनलाई पाकिस्तानमा उपचार गरिएको छ। तीन पटक पाकिस्तानी प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका शरीफ ‘अटोइम्युन ब्लड डिसअर्डर’ का कारण विरामी छन्। 

“शरीफका परिवारले बिहीबार पाकिस्तानी गृहमन्त्रीलाई भेट गरी उपचारका लागि पूर्व प्रधानमन्त्रीलाई विदेश लानु परेको भन्दै उहाँमाथि विदेश भ्रमणमा लगाइएको रोक फुकुवा गर्न बिहीबार अनुरोध गरिएको थियो,” नाम उल्लेख नगर्ने शर्तमा शरीफका एक सहयोगीले एएफपीलाई बताए। 

उनका एक चिकित्सकले भने, “पूर्व प्रधानमन्त्री शरीफलाई उच्च रक्तचाप रहेको, मृगौलामा खराबी देखिएको र ‘अटोइम्युन ब्लड डिसअर्डर’ को समस्या भएकोले उहाँ जीवनमरणका लागि सङ्घर्षरत हुनुहुन्छ।” उनले हाल पाकिस्तानको पूर्वी शहर लहोरस्थिति एक अस्पतालमा उपचार गराइरहेका छन्।

यद्यपि अधिकारीहरूले यस सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिन तयार भएनन्। तर एक अधिकारीले पूर्व प्रधानमन्त्रीको अनुरोधलाई मन्त्रीपरिषद्मा पठाइएको बताए।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार शरीफको अनुरोधलाई सरकारले स्वीकार्ने सम्भावना रहेको छ। पाकिस्तानी मुस्लिम लिग–नवाज (पिएमएल–एन) को एक स्रोतले भन्यो, सरकारबाट अनुमति आएमा शरीफलाई आगामी हप्ता लण्डन लग्ने तयारी रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ