arrow

भारतको हस्तक्षेपमा मौन रहने सरकार विरुद्ध नेविसंघको प्रदर्शन

logo
प्रकाश भट्ट,
प्रकाशित २०७६ कार्तिक २३ शनिबार
darchula-nsu-kalapani-birodh.jpg

दार्चुला।  भारतको हस्तक्षेपमा समेत मौन रहने नेपाल सरकार विरुद्ध नेपाल विद्यार्थी संघ दार्चुलाले विरोध प्रदर्शन गरेको छ। दार्चुला जिल्लाको कालापानी, लिपुलेक एवं लिम्पियाधुरा क्षेत्रलाई भारतले आफ्नो राजनीतिक नक्सामा समेटेकोप्रति शनिबार विरोध प्रदर्शन गरिएको हो ।

भारतले गत शनिबार सार्वजनिक गरेको नक्साअनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा समेट्दा समेत नेपाल सरकार अहिलेसम्म मुख बन्द गरेर बसेको भन्दै नेपाल विद्यार्थी संघ दार्चुलाले सरकारको मौनताका विरुद्ध विरोध जनाएको छ ।

शनिबार हातहातमा नेपाली झण्डा लिएर विरोधमा उत्रेको नेविसंघले नेपाल भारत सिमा क्षेत्रमै गएर कोण सभा गरको छ । विरोध प्रदर्शन गर्दै सरकारको धारणा सार्वजनिक गर्न र भारत सरकारसंग कुटनितिक पहल अघि बढाउन माग गरेको छ । बिरोध कार्यक्रममा नेपाल सरकारले भारतको मिचाहा प्रवृतिबारे आफ्नो धारणा सार्वजनिक नगरेको भन्दै आक्रोश समेत पोखेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै नेविसंघ जिल्ला अध्यक्ष रमेश भट्टले सरकार मौन बस्नुमा लिपुलेक र कालापानी आफैले बेचेको ठहरिने बताए। भारत सरकारको हस्तक्षेप विरुद्ध नेपाल सरकार मौन बसे झन आन्दोलन चर्काउने भट्टले चेतावनी दिए । उनले भने हाम्रो भारतसंग कुनै रिसिबी छैन् मात्र हाम्रो माग अतिक्रमित नेपाली भुमि फिर्ताको हो।

सोही कोणसभालाई सम्बोधन गर्दै प्रवक्ता दिपक खातीले सरकारको मौनतामाथि नै प्रश्न उठाए। सिमा मिचिदाको दुख काठमाडौ र सिंहदरवारलाई नभएको भन्दै उनले वर्तमान सरकारको आलोचना गरे।

शनिबारै नेविसंघ दार्चुलाले प्रेस विज्ञप्ती निकाल्दै भारत सरकारसंग कुटनितिक पहलका लागि नेपाल सरकारसंग माग गरेको छ। रमेश भट्ट, हरी जोशी र दिपक खातीले हस्ताक्षर गरेको विज्ञप्तीमा कालापानी, लिपुलेक लिम्पियाधुरा नेपालको भएको तथा नेपालको सार्वभौमता, स्वाधिनता, भौगोलिक अखण्डता र स्वतन्त्रतामाथि भारतले गरेकोे हस्तक्षेप कुनैपनि नेपालीका लागि किमार्थ अस्वीकार्य भएको जनाइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ